
राष्ट्रिय योग्यता प्रारूपको मूल ढाँचा तयार गर्नका लागि गृहकार्य सुरु गरिएको छ । नेपालका लागि राष्ट्रिय योग्यताका तहहरू ८ वटामा समाहित गरी मस्यौदा तयार गनिुपर्ने मस्यौदा विकास कार्यक्रममा सार्वजनिक गरिएको छ ।
अन्य देशका राष्ट्रिय योग्यता प्रारुपमा व्यवस्था गरिए जस्तै नेपालको राष्ट्रिय योग्यता प्रारूपले एक विधाबाट अर्को विधामा अध्ययन अवसर दिने, गरी प्रारुप तयार गरिएको हो ।
तर यसका लागि आवश्यक ज्ञान, सीप, सक्षमता थप लिन पर्ने व्यवस्था गर्नुपर्ने यो प्रारुपले निर्दिष्ठ गरेको छ । प्रत्येक तह अन्तर्गत एक भन्दा बढी योग्यता र योग्यताका सिकाई उपलब्धिलाई प्राप्त गर्न सिकाई कार्यमा निरन्तर सहभागी हुँदा लाग्ने समय पनि उल्लेख गरिएको छ ।
आठ तहको मस्यौदा योग्यता संरचनाको योग्यता व्याख्या प्रस्तुत गरिएको छ । हरेक योग्यताका तहले निश्चित सिकाइ उपलब्धीहरुलाई समावेश गरेको छ । यी उपलब्धीहरु सामान्य हुन् ।
हरेक अध्ययनका क्षेत्र अनुसार यी सामान्य सिकाई उपलब्धीहरुका आधारमा थप विशिष्टिकृत गरी अध्ययन क्षेत्र अनुसार सिकाई उपलब्धीहरुको स्पष्ट ब्याख्या गरी योग्यतामा थप सिकाई उपलब्धिहरु र सक्षमताहरु परिभाषित गर्नुपर्ने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आयोजना गरेको एक कार्यक्रम्मा बताइएको छ ।
कुनै पनि नामको शैक्षिक योग्यता प्रदान गर्दा राष्ट्रिय योग्यता प्रारुपमा उल्लेख भएका सिकाई उपलब्धीहरु अनिवार्य हुनुपर्ने र यी सामान्य उपलब्धिहरु सबैका लागि हुन्छन्। संसारमा अहिले अध्ययनका क्षेत्र र विषयहरु नयाँ नयाँ सिर्जना भएका छन् र सोहि अनुसार विभिन्न नाममा योग्यताहरु नामाकरण गर्नु तथा सोही तहमा पनि अध्ययनको विशिष्ठता अनुसार अध्ययन अवधि थप गरी योग्यता प्रदान गर्नपर्ने सो कार्यक्रममा तयार पारिएको प्रारुपको मौस्या मा उल्लेख गरिएको छ ।