After SEE Portal

​शिक्षक युनियनमा होमकुमार थापा

Bridge Course

काठमाडौँ, २६ फागुन (रासस) : संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) को पाँचौँ राष्ट्रिय महाधिवेशनले  थापाको अध्यक्षतामा ५१ सदस्यीय नयाँ राष्ट्रिय समिति चयन गरेको छ । 

समितिको वरिष्ठ उपाध्यक्षमा मोतीराम फुयाँल, खुल्ला उपाध्यक्षमा अमल राई, नारायण पौड्याल तथा महिला उपाध्यक्षमा अञ्जु गौतम चयन हुनुभएको छ । 

यसैगरी प्रदेश उपाध्यक्षमा रोहिणीरमण दवाडी (प्रदेश न १), केशवराज पाठक (प्रदेश न.३), उमेश सापकोटा (प्रदेश न. ५), धर्मदत्त भट्ट(सुदूरपश्चिम), गण्डकी, कर्णाली र प्रदेश नं २ को उपाध्यक्षबाट प्रतिनिधित्व हुने युनियनले जनाएको छ । 

युनियनको महासचिवमा भोला चालिसे, उपमहासचिवमा भवानी पराजुली, अर्थ उपमहासचिवमा सुधीर झा, सचिवमा दीपक गौतम र रामकुमार राई चयन हुनुभएको छ । यसैगरी संरक्षक समितिको अध्यक्षमा पूर्वअध्यक्ष मुकुन्द गौतम र सल्लाहकार समितिको प्रमुखमा ईन्द्रराज भट्टराई चयन हुनुभएको छ । निजी विद्यालयमा कार्यरत शिक्षकको सो सङ्गठन विसं २०६० मा स्थापना भएको थियो । 

महाधिवेशनले बालबालिकाले अनिवार्य, निःशुल्क, गुणस्तरीय शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चित गर्न र उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग २०७५ को प्रतिवेदन अनुसारको राष्ट्रिय शिक्षा ऐन तत्काल ल्याउन माग गरेको छ । 

संस्थागत विद्यालयका शिक्षक कर्मचारीको ट्रेडयुनियन अधिकारका लागि शिक्षा ऐनमा व्यवस्था गर्न, हालै सरकारले ल्याएको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा संस्थागत विद्यालयका शिक्षक कर्मचारीलाई पनि समावेश गर्न माग गरेको छ । शिक्षामा बढ्दै गरेको निजीकरण र व्यापारीकरणलाई निस्तेज बनाउँदै संस्थागत विद्यालयलाई नियमनको दायरामा ल्याउने प्रावधान गर्न र अनुगमनलाई प्रभावकारी बनाउन पनि युनियनले माग गरेको छ । 

सामुदायिक विद्यालयका शिक्षकका लागि सरकारले तोकेको तलबभत्ता बराबरको सेवा सुविधा, नियुक्तिपत्र, विद्यालय व्यवस्थापन समितिमा शिक्षक कर्मचारीको प्रतिनिधित्व संस्थागत विद्यालयको हकमा पनि सुनिश्चित गर्न महाधिवेशनले माग गरेको महासचिव चालिसेले जानकारी दिनुभयो ।

A Levels MA
Thuprai - Books and E-books