After SEE Portal

शिक्षालयमा भएको आक्रमण प्रति हिसान काठमाडौंको गम्भिर ध्यानाकर्षण

Bridge Course

कोरोनाको संक्रमणका समयमा उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले पुर्याएको अतुलनीय योगदानको वेवास्था गर्दै शिक्षालयमा भएको विभिन्न खालको आक्रमण प्रति हिसान काठमाडौंले गम्भीर ध्यानाकर्ष भएको जनाएको छ ।

हिसानका काठमाडौं अध्यक्ष नरेन्द्र बहादुर अधिकारीले आज एक प्रेस विज्ञप्ति जारी गरी विभिन्न शिक्षालयमा भएको आक्रमण प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

कोरोना महामारीमा सवैभन्दा बढी शिक्षालयहरु प्रभावित भएपनि विद्यालय÷कलेजहरुले विभिन्न माध्यमबाट विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको भए पनि वसुन्धारास्थित  मोर्गन इन्टरनेसनल कलेजमा विभिन्न व्यक्ति र संघ सस्थाका नाममा आतंकित पार्ने, हातोत्साहित बनाउने, अमर्यादित र गैह्रजिम्मेवारीपूर्ण ढंगले कानुन हातमा लिने श्रृखलाहरु बढ्दै गएको प्रति हिसान चिन्तित बनेको छ सो विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विद्यालय जस्तो गरिमामय र शान्ति क्षेत्र कायम गर्नुपर्ने ठाउँमा शान्ति भंग गर्ने, धक्याउने, तोडफोड गर्ने, अपशब्द वोल्ने, हुलहुज्जत गर्ने जस्ता कृयाकलाप नगर्न नगराउन सम्वन्धित सबै पक्षहरुसँग हिसान काठमाडौंले जोडदार माग गरेको अध्यक्ष अधिकारीले बताए ।

‘शिक्षालय शान्ति क्षेत्र हुनु पर्ने हो तर केही शिक्षालय आक्रान्त बनेका छन् ।’ उनले भने,‘विभिन्न समस्याहरुका बावजुत काम गर्ने दौरानमा कुनै कमी कमजोरी एवं भुल भएमा आपसी छलफल, वार्ता मार्फत समस्याहरुको समाधान गर्न सकिने विषयमा हिसान विश्वस्त रहेको छ ।’

A Levels MA
Thuprai - Books and E-books