After SEE Portal

नेपालमै पहिलो पटक टेलिकम टेक्निसियनको परिक्षामा सहभागी हिलसाइडका विद्यार्थी

Bridge Course

दाङ । नेपालमै पहिलोपटक दाङको तुलसिपुर स्थित हिलसाइड टेक्नीकल कलेजका विद्यार्थीहरु टेलिकम टेक्निसियन तह २ को परिक्षामा सहभागी भएका छन् ।

 सो कलेजमा अध्ययनरत २२ जना विद्यार्थीहरु परिक्षामा सहभागी भएको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटीईभिटीले जनाएको छ ।

गत १८ भदौदेखि परिक्षा भएको थियो । विद्यार्थीहरुको लिखित र मौखिक दुवै परिक्षा साथै सिप परिक्षण पनि गराइएको परिषद्का टेक्निकल असिस्टेन्ट सन्तोष महासेठले बताए ।

 उनले भने, ‘हिलसाइडका विद्यार्थीहरुले नेपालमै पहिलोपटक टेलिकम टेक्निसियन तह २ को परिक्षा दिएका हुन् । परिषद् अन्तर्गत् नेशनल स्किल टेस्टिङ बोर्ड मार्फत परिक्षा भएको हो ।’

                                                     


 सो अनुभव र परिक्षा उत्तिर्ण पश्चात् नेपाल टेलिकमले खोल्ने टेलिकम टेक्निसियन तह चारमा प्रतिष्पर्धा गर्न पाइने परिषद्ले जनाएको छ ।
परिक्षाको नतिजा एक महिनाभित्र सार्वजनिक हुने बताइएको छ । 

                                          


यस अघि जुनीयर टेलिकम टेक्निसियन तह एकको परिक्षा भएपनि टेलिकम टेक्निसियन तह दुइको परिक्षा नेपालमै पहिलो पटक भएको हो । नेपालमा पहिलोपटक हिलसाइड टेक्निकल कलेजमा टेलिकम टेक्निसियन तह दुईको अध्ययन अध्यापन हुदै आएको छ ।


नेपालमै पहिलो पटक हिलसाइड टेक्निकल कलेजले यो कार्यक्रम सञ्चालनमा लिएको र पहिलो पटक विद्यार्थीहरु टेलिकम टेक्निसियन तह २ को परिक्षामा सहभागी भएको नेपाल टेलिकमका टेक्निकल अफिसर श्रीनारायण चौधरीले बताए ।

 उनले भने ‘विद्यार्थीले दुरसञ्चार प्रदायक संस्थाहरुबाट खुलाएका विज्ञापनहरु जस्तै नेपाल टेलिकम, एनसिएल तथा अन्य दुरसञ्चार प्रदायक संस्थाहरुमा रोजगारीको अवसर प्राप्त गर्नेछन् ।’

A Levels MA