After SEE Portal

चालु शैक्षिक सत्रको उच्च शिक्षा छात्रवृत्ति जुम्लामा अझै पुग्न सकेन

Bridge Course

चालु शैक्षिकसत्र २०७७-७८ मा प्रदान गरिने भनिएको उच्च शिक्षा छात्रवृत्तिको रकम जुम्मालामा अझै पुग्न सकेको छैन । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले सो प्रदेशका १० जिल्लामा प्रदान गर्दै आएको सो छात्रवृत्ति अन्य जिल्लामा पुगे पनि जुम्लामा अझै नपुगेको हो ।

मन्त्रालयले उच्च शिक्षा अध्ययन गरिरहेका छोरी–बुहारी, दलित, अपाङ्ग र कर्णाली प्रदेश प्राप्तिको आन्दोलनका सहिदका सन्ततिलाई उच्च शिक्षा छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

जुम्लामा अहिलेसम्म बजेट नआएको गुनासो सामाजिक विकास कार्यालय जुम्लाका कार्यालय प्रमुख बलवीर सुनार गरे । ‘मैले गत असोज १६ गते नै सामाजिक विकास मन्त्रालय अन्तर्गतको जिल्लागत बजेट खर्चमा छात्रवृत्तितर्फको बजेट विनियोजन नभएको व्यहोरा जानकारी गराएँ ।’ उनले भने, ‘सो बजेटको व्यवस्था गरी प्रादेशिक मन्त्रालयगत बजेट सूचना प्रणालीमा प्रविष्ट गराउन मन्त्रालयलाई पत्राचार तथा बेलाबेलामा घच्घच्याइरहेको छु ।’

अन्य नौ जिल्लामा बजेट निकासा भएसके पनि जुम्लाका लागि मन्त्रालयबाट आर्थिक मामिला तथा योजना मन्त्रालय कर्णाली प्रदेशलाई अनुरोध गरिएको भन्ने जवाफ मात्र पाइएको उनले बताए ।

अन्य सबै जिल्लाले छात्रवृत्तिका लागि एक महिनाको अवधि राखेर सूचना गरिसकेको जनाउँदै उनले जुम्लाले छात्रवृत्तिको बजेटको बेलैमा निकासा नपाउँदा समस्या भएको दुखेसो गरे ।

मन्त्रालयले जुम्लाका लागि प्रदान गर्ने सो छात्रवृत्ति रकमान्तरको फाइन आर्थिक मामिला मन्त्रालयमा पहिले नै पठाइ सकेको भएपनि सो मन्त्रालयले हलो अड्काइ दिँदा छात्रवृत्ति रकम पुग्न नसकेको सामाजिक विकास मन्त्रालयले जानकारी दियो । ‘जुम्लाको छात्रवृत्तिका लागि रकमान्तरको फाइल आर्थिक मामिला मन्त्रालयले दिँदा पनि उक्त फाइल ‘च्यापिराखेको छ ।’ प्रवक्ता विष्णुप्रसाद अधिकारीले भने, ‘सामाजिक विकास मन्त्रालयले जतिभन्दा पनि आर्थिक मामिला मन्त्रालयले सुनुवाइ गरेन ।’

शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेशका निमित्त निर्देशक दीपा हमालले बजेटको अभाव नभएको तर आर्थिक मामिला तथा योजना मन्त्रालयले अड्काइराखेको बताइन् ।

उनले कर्णाली प्रदेश प्राप्तिको आन्दोलनका दुई सहिद परिवारलाई रु २४ हजारका दरले रु ४८ हजार भए पुग्ने भन्दै उक्त शीर्षकमा विनियोजित रु २२ लाख बजेट रकमान्तर गरे जुम्लाका लागि छात्रवृत्ति रकम पुर्याउन सकिने उनले जानकारी दिइन् ।

राससका अनुसार, आगामी आर्थिक वर्षमा मात्र छात्रवृत्तिका लागि बजेट बजेट निकाशा गरिने सामाजिक विकास मन्त्रालयका सचिव लोकनाथ पौड्यालले आगामी आर्थिक वर्षमा मात्र जुम्लामा छात्रवृत्ति रकम प्रदान गरिने जानकारी दिए ।

A Levels MA
Thuprai - Books and E-books