After SEE Portal

मेहनती शिक्षक, कुशल व्यवस्थापन, अब्बल विद्यार्थी

Bridge Course

कक्षा १२मा  पहिलो वर्ष नै बोर्ड फस्ट ल्याउन सफल नोवल एकेडेमी माध्यमिक विद्यालयलाई काठमाडौं महानगरपलिकाले उत्कृष्ट विद्यालय पुरस्कार प्रदान  । २०७५ को  एसईईमा चारजनाले चार जीपीए । औषत जीपीए ३.६३ ल्याउन सफल ।

बालमैत्री वातावरणमा गुृणस्तरीय शिक्षा । पारिवारिक वातावरणमा पाठनपाठन । खेल्दै सिक्ने शिक्षण विधिको प्रयोग गरेर नोवेल एकेडेमी माध्यमिक विद्यालयले स्थापना काल देखि नै उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ ।

 कक्षा १२ मा बोर्ड फष्टदेखि जीपीए चारसम्मको यात्रा त्यति सहज भने थिएन । सन् १९९८ मा कक्षा ११ र १२ पठनपाठन गराउने उद्देश्यले स्थापना गरिएको एकेडेमीमा त्यसको दुई वर्षपछि मात्र विद्यालय शिक्षा प्रदान गर्न थालिएको हो ।

प्लस टुमा विद्यार्थी अभिभावकको आकर्षण बढेपछि कक्षा एक देखि नै पठनपाठन गराउने व्यवस्था गरियो । ‘स्थानीय अभिभावकको चासोलाई मध्यनजर गर्दै त्यसको दुई वर्षपछि विद्यालय स्तरको पठनपाठन सुरु गरेका हौं ।’ प्रिन्सिपल तथा अध्यक्ष सुरेन्द्र श्रेष्ठ भन्छन्,‘हामी नतिजा मात्र होइन व्यवहारिक शिक्षा पनि विश्वास गर्छौं, हाम्रा विद्यार्थी विश्वबजारमा बिक्न सक्छन् ।’ उनका अनुसार  स्थापनाको पहिलो वर्ष कक्षा १२ मा  अभिशेक अग्रवाल बोर्ड फस्ट,  मन्जुला श्रेष्ठ दोस्रो  र  उज्वल श्रेष्ठ बोर्ड तेस्रो भएका थिए ।

२०७५ को एसईईमा यो विद्यालयका चार जनाले चार जीपीए ल्याएका छन् । सय जना सहभागी विद्यार्थी मध्ये सिद्धान्त श्रेष्ठ, शिशिर खनाल, सोनिका थापा र कृपेश पौडेलले चार जीपीए ल्याएको विद्यालयका शैक्षिक संयोजक शोभाकर भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार सय जना विद्यार्थी मध्ये एक जनाले मात्र ३.२ जीपीए ल्याएका छन् । गत वर्षको एसईईको नतिजा पनि राम्रो भएको विद्यालयले जानकारी दियो ।

गतवर्ष ९६ जना परीक्षार्थी मध्ये एकजनाले मात्र २.८ जीपीए ल्याएका थिए भने अन्यको सोभन्दा माथिको जीपीए थियो । ‘गतवर्षको नतिजा पनि गर्व गर्न लायक थियो ।’ उनले भने ,‘दुईजनाको ३.९५ जीपीए र एकजनाले २.८ जीपिए ल्याएका थिए, अरु सबैको २.८ भन्दा माथि नै जीपीए थिया ।’ यस वर्षको एसईईमा  विद्यालयले औसत ३.६३ जीपीए ल्याएकोे शिक्षा  विकास तथा समन्वय इकाइ काठमाडौंले जानकारी दियो । इकाइले परीक्षामा  सहभागी विद्यार्थीको जीपीएलाई औषतमा  मूल्यांकन  गरेर उत्कृष्ट विद्यालयमा  सूचिकृत गरेको छ ।

शिक्षण विधिमा विविधता

कक्षा एक देखि १२ सम्म पठनपाठन हुने सो विद्यालयमा अहिले १३ सय विद्यार्थी अध्ययनरत छन् ।  ९० जना शिक्षक कर्मचारी कार्यरत छन् । विद्यालयले विद्यार्थीको चौतर्फि विकासका लागि सैद्धान्तिक, प्रयोगात्मक, क्षेत्रभ्रमणलगायत शिक्षण विधिका  साथै नवीनतम् विधि तथा आधुनिक प्रविधिको प्रयोग गरी शिक्षण गर्ने गरेको छ । 

हरेक शिक्षकले विषयवस्तुले माग गरे अनुरुपका शैक्षिक सामग्री प्रयोग गरी शिक्षण गर्ने गरेका छन् । विद्यालय तथा विद्यार्थीले हासिल गर्ने सफलताको श्रेय संयोजक भण्डारी शिक्षकलाई दिन्छन् । ‘शिक्षकहरु मेहनती हुनुहुन्छ, कक्षामा कोही विद्यार्थीमा कुनै समस्या देखियो भने त्यसको कारण पत्ता लगाएर समाधान गर्नुहुन्छ ।’ उनले भने, ‘त्यसैले हाम्रो शैक्षिक उपलब्धि राम्रो भएको हो ।’

विद्यालयले सैद्धान्तिक ज्ञानका साथमा व्यवहारिक ज्ञान पनि प्रदान गर्दै आएको छ । विद्यार्थीलाई सानैदेखि आप्mना आवश्यकीय कार्य आफैं गराउने उद्देश्यले खाना पकाउन सिकाउँदै आएको छ । विद्यालयले समय मिलाएर कुकिङ् कम्पिडिसन गराउँदै आएको छ । राम्रो खाना बनाउने विद्यार्थीलाई उत्कृष्टताका आधारमा पुरस्कृत गर्दै आएको छ । ‘हामी नतिजामा भन्दा विद्यार्थीको जीविकोपार्जन गर्ने ज्ञान प्रदान गर्नेमा विश्वास गर्छौं ।’ भण्डारीले भने,‘हामी विद्यार्थीलाई सानै देखि खाना पकाउन सिकाउँछौं, उनीहरुको प्रतिभा प्रष्फुटन गराउने उद्देश्यले विशेष अवसरमा पुरस्कृत पनि गर्छौं ।’ विश्व परिवेश सुहाउँदो शिक्षा प्रदान गर्न विद्यालय हरदम प्रत्यनरत रहेको उनी बताउँछन् । तीन घण्टाको कपी र पेन्सिलका भरमा ल्याएको जीपीएले भन्दा विद्याथीको व्यवहारमा आएको परिवर्तनको मूल्यांकन हुनु पर्ने उनको भनाइ छ । विद्यार्थीलाई बाहिरी दुनियासँग परिचित गराउने उद्देश्यले विद्यालयमा नै मार्केटिङ फेयर सञ्चालन गर्ने गरेकोे छ । फेयरमा स्थानीय स्तरमा खेर गएका सामग्रीको प्रयोग गरी विद्यार्थीले किबोर्ड, फूलदानी, कागजका अन्य सामग्री बनाइ बेच्ने गरेका छन् । विद्यार्थीद्वारा उत्पादित सामग्रीलाई विद्यार्थीले नै खरिद गर्ने गरेका छन् । ‘यसले विद्यार्थीमा आत्मनिर्भर हुन सिकाउछ ।’ भण्डारीले भने,‘भविष्यमा जस्तासुकै समस्या आइपरे पनि गरेर खान सकुन् भन्ने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गरेका हौं ।’विद्यालयका सबै शिक्षकहरु लामो समयमा सम्म शिक्षण पेसामा आवद्ध भएका र नवीनत्म शिक्षण विधिसँग परिचित भएका छन् । विद्यार्थीको उपलब्धि सँग शिक्षकको भविष्य जोडिएको हुँदा शिक्षक आफैं हरेक शिक्षण विधिसँग अद्यावधिक हुने गरेका संयोजक भण्डारी बताउँछन् ।

केही विद्यार्थीलाई विशेष समय

घरमा अभिभावकले समय दिन नभ्याउने मध्यवर्गीय परिवारका वालबालिका मोवाइल इन्टरनेटमा झुल्ने हुनाले यस्ता विद्यार्थीलाई विद्यालयले विशेष समय दिने गरेको छ । विद्यालयमा भित्र आएका बालबालिकालाई सही मार्ग प्रदर्शन गर्न विद्यालयले उनीहरुलाई शैक्षिक भ्रमण तथा प्राजेक्ट वर्क दिएर व्यस्त राख्ने गरेको छ । 

महानगरसहित आधा दर्जन संस्थाद्वारा पुरस्कृत 

काठमाडौं महानगरपालिकाले ४० औं शिक्षा दिवसको अवसरमा उत्कृष्ट संस्थागत विद्यालय अवाड प्रदान गरेको छ । नगरपालिकाले विद्यालयलाई १ लाख ५० हजार नगद, प्रमाणपत्र प्रदान गरेको छ ।

सोही अवसरमा महानगरले ४ जीपीए ल्याउने सबै विद्यार्थीलाई पाँच हजार नगद,प्रमाणपत्र र दोसल्ला चढाइ अभिनन्दन गरेको थियो । यसका साथै विद्यालयले ब्रिटिश काउंशीलले प्रदान गर्दै आएको इन्टरनेसनल स्कुल अवार्ड हात पार्न सफल भएको छ । यसका साथै सम्वृद्ध मिडिया नेटवर्क र महानगरपालिकाको १० नम्बर वडाले पनि उत्कृष्ट शिक्षा प्रदान गरेको भन्दै शिक्षा दिवसका अवसरमा सम्मान गरेका छन् ।

फरकफरक अत्तिरिक्त क्रियाकलाप

हरेक बालबालिकालाई फरक फरक दिन खेलकुद तथा विभिन्न खालका अतिरिक्त क्रियाकलापमा सहभागी गराउने गरेको छ । यहाँका विद्यार्थीहरुलाई फरकफरक समूहमा नृत्य, गायन, वक्तृत्वकला, वादविवाद, हाजिरीजवाफलगायतका क्रियाकलापमा सहभागी गराउने गरेको छ । ‘हरेक कक्षाका विद्यार्थीलाई उनीहरुको रुचिअनुसारका अतिरिक्त क्रियाकलापमा सहभागी गराउने गरिएको छ ।’ अतिरिक्त क्रियाकलाप संयोजक सरोज भट्टराइ भन्छन्,‘विद्यालयको खेल मैदानमा बास्केटवल, क्रिकेट, फुटवल, व्याडमिन्टन खेलाइन्छ भने फुटसल तथा अन्य खेलका लागि बाहिरका सुरक्षित खेल मैदानमा लाने गरिएको छ ।’

विद्यालयमा दुई नर्स

विद्यार्थीको नियमित स्वास्थ्य परीक्षण र प्राथमिक उपचारका लागि विद्यालयमा दुईजना नर्सको व्यवस्था गरेको छ । नर्सले विद्यालय परिसरमा विद्यार्थी विरामी परेमा प्राथमिक उपचार गर्ने, आँखा, कान तथा अन्य उपचार गर्ने गरेका छन् । यसका अलावा विद्यालयको मातृसंस्था नेवल एकेडेमीको आयोजनामा हरेक तीनतीन महिनामा स्वास्थ्य शिविर सञ्चालन गर्ने गरिएको छ । शिविरमा फरकफरक स्वास्थ्य परीक्षण गरिने गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।महानगरको मापदण्ड अनुकूल शुल्कविद्यालयले काठमाडौं महानगरपालिकाले निर्धारण  गरेको शुल्क भन्दा  केही रुपियाँ कम शुल्क  लिने गरेको छ । विद्यालयले अभिभावकको आग्रहमा सञ्चालन  गरेको अतिरिक्त कक्षाका  लागि थप रकम  लिने  गरेको भए पनि कक्षागत  शुल्क र भर्ना शुल्क मापदण्ड अनुरुप नै भएको विद्यालयले जानकारी दियो ।

A Levels MA
Thuprai - Books and E-books