A Levels MA

गण्डकी विश्वविद्यालयको कुलपतिमा गुरुङ

समाजशास्त्री प्रा.डा. गणेशमान गुरुङ गण्डकी प्रदेश विश्वविद्यालयका कुलपतिमा नियुक्त भएका छन् ।

गण्डकी प्रदेश सरकारले आइतबार उनलाई सो पदमा नियुक्त गरेको हो । गण्डकी विश्वविद्यालय पहिलो प्रादेशिक विश्वविद्यालय बनेको छ ।

त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्र विषय प्राध्यापन गरेका उनी पछिल्लो समय नेपाल समाजशास्त्र सङ्घका अध्यक्ष थिए ।

विश्वविद्यालय अनुदान आयोगका पूर्व अध्यक्ष डा. गुरुङ संविधान सभा सदस्य पनि बनेका थिए । गण्डकी प्रदेशको कुलपतिको कार्यकाल पाँच वर्षको हुनेछ । विगतमा केन्द्रीय विश्वविद्यालयमा राजा कुलपति रहने व्यवस्था रहेकोमा पछि प्रधानमन्त्रीलाई कुलपति बनाउन थालियो । 

Thuprai - Books and E-books