​ चौथो राष्ट्रिय निबन्ध लेखन प्रतियोगितामा ग्रीनल्याण्ड मा.वि. प्रथम


नेसनल माध्यमिक विद्यालय, वालकुमारीको आयोजनामा मिति २०७५ माघ २७ गते सरस्वती पुजाका दिन सम्पन्न भएको राष्ट्रिय निबन्ध लेखन प्रतियोगितामा ग्रीनल्याण्ड माध्यमिक विद्यालयका ब्रजल शाही प्रथम भएका छन् । 

विद्यालयका प्राचार्य श्री सुरेन्द्र सुवेदीको अध्यक्षतामा सम्पन्न भएको राष्ट्रिय निबन्ध लेखन प्रतियोगिताको नतिजा सार्वजनिक र पुरस्कार वितरण समारोहमा शाहीलाई समारोहका प्रमुख अतिथि प्यावसनका अध्यक्ष श्री विजय सम्बाहाम्फे ले रु. २०,०००÷– नगद र प्रमाणपत्र प्रदान गर्नुभएको थियो । त्यस्तै, केएमसी स्कुलका आभुषन काफ्ले द्वितीय र हिन्दु विद्यापिठकी सदिक्षा उपाध्यायले तृतीय स्थान हासिल गरेका छन् । द्वितीय र तृतीय स्थान हासिल गरेका प्रतियोगी विजेताहरुले क्रमशः १२,०००÷– नगद सहित प्रमाणपत्र र ८,०००÷– नगद सहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

 उक्त निबन्ध प्रतियोगितामा राजधानीका विभिन्न ४३ विद्यालयका १११ जना विद्यार्थीहरू सहभागी थिए । जसमा बाल गिताञ्जली स्कुलका आशिष गिरी, रेडियन्ट रिडर्स एकेडेमीका ओमेन्द्र साह, एञ्जल लर्ड एकेडेमीका एरिम मगर, लिटिल एन्जल स्कुलका क्रिशल महर्जन, एञ्जल लर्ड एकेडेमीकै, दिक्षा गौतमले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । 

कार्यक्रमका निर्णायक प्रा.डा. माधव पोख्रेलद्वारा विद्यार्थीलाई निबन्ध लेखनपूर्व १ घण्टाको अभिमुखीकरण कार्यक्रम गरिएको थियो । प्रतियोगिताको मुख्य निर्णायकमा प्रा.डा. अम्माराज जोशी र प्रा.डा. माधव पोख्रेल सहित १५ जनाको समिति गठन गरिएको थियो । मुख्य निर्णायकको रुपमा रहनु भएका प्रा.डा. जोशीले निबन्ध लेखनको महत्वको बारेमा विद्यार्थीहरूको अन्तरनिहीत बौद्धिक एवम् सिर्जनात्मक क्षमता प्रस्फुटन गर्ने उद्देश्यले नेशनलले गरेको प्रयासको प्रशंसा गर्नुभयो । 

Thuprai - Books and E-books