After SEE Portal

केन्द्रले तोकेका पाठ्यक्रम कार्यान्वयन नगर्ने विद्यालयको अनुदान रोक्का गरिने

Bridge Course

प्राविधिक धारसञ्चालनमा आएका विद्यालयमा तोकिएको पूर्वधार र पाठ्यक्रमले तोके बमोजिक पठनपाठन सञ्चालन नभएको देखिएमा जुनसुकै बखत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुदान रोक्का गर्न सक्ने जानकारी दिएको छ ।

मन्त्रालयले एक सूचना जारी गरी शैक्षिक सत्र २०७० देखि हालसम्म साविकको शिक्षा विभागबाट अनुमति प्रात गरी हालको शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट अनुदान छनोटमा परेका सामुदायिक विद्यालयहरुको कार्यक्रम निरन्तरता लागि आ व ०७८–७९ को बजेट तथा कार्यक्रम व्यवस्था भएकोले मापदण्ड र आवश्यकताका आधारमा कक्षा थप अनुमतिका प्रक्रिया अघि बढाउन समेत सूचित गरेको छ ।

केन्द्र (साविकको शिक्षा विभाग) अनुदान छनोटमा परेका प्राविधिक तथा व्यावसायिक धार सञ्चालनमा रहेका सामुदायिक विद्यालयहरुले सम्वन्धित स्थानीय तहबाट अनुमति र कक्षा थप गरी कार्यक्रमलाई निरन्तरता दिन सकिने समेत उल्लेख गरेको छ ।

केन्द्रबाट अनुमति र अनुदान छनोटमा परेका ४८४ प्राविधिक धारका विद्यालयहरुमा प्रशिक्षक, सहायक प्रशिक्षक ,शिक्षक अनुदान एवं प्रति विद्यार्थी लागत लगायतका विषयमा व्यवस्थापन गर्न केन्द्रले सबै स्थानीय तहले आग्रह गरेको छ ।

कक्षा ९ सञ्चालन गर्ने विद्यालयलाई प्रशिक्षक एक जना (सम्बन्धित विषयमा स्नातक) मावि तृतीय श्रेणी सरहको शिक्षक अनुदान, सहायक प्रशिक्षक १ जना (सम्वन्धित विषयमा डिप्लोमा सीटीईभीटी वा सो सरह) निमावि तृतीय श्रेणी सरहको शिक्षक अनुदान दिँदै आएको मन्त्रालयले जानकारी दिएको छ ।

कक्षा १० सञ्चालन गर्दा प्रशिक्षक १ जना (सम्बन्धित विषयमा स्नातक ) मावि तृतीय श्रेणी सरहको शिक्षक अनुदान, सहायक प्रशिक्षक १ जना (सम्वन्धित विषयमा डिप्लोमा सीटीईभीटी वा सो सरह ) निमावि तृतीय श्रेणी सरहको शिक्षक अनुदान दिँदै आएको छ ।

कक्षा ११ सञ्चालन गर्ने विद्यालयमाड्ड मावि विज्ञान शिक्षक १ जना (साविकको उमावि द्धितीय श्रेणी सरहको शिक्षक अनुदान सम्बन्धित विषयमा स्नातकोत्तर भौतिक ,रसायन र जीव विज्ञान मध्य विद्यालयको आवश्यकताको आधारमा कुनै १ कोटा), प्रशिक्षक १ जना (सम्बन्धित विषयमा स्नातकोत्तर तर उक्त जनशक्ति उपलब्ध नभएमा १ बर्षको कार्य अनुभव

भएका सम्बन्धित विषयमा स्नातक) मावि द्धितीय श्रेणीको सरहको शिक्षक अनुदान, कक्षा १२ सञ्चालन गर्ने विद्यालयलाई मावि विज्ञान शिक्षक १ जना ( साविकको उमावि मावि द्वितीय श्रेणी सरहको शिक्षक अनुदान सम्बन्धित विषयमा स्नातकोत्तर भौतिक रसायन र जीव विज्ञान मध्य विद्यालयको आवश्यकताको आधारमा कुनै एक कोटा), प्रशिक्षक १ जना (सम्वन्धित विषयमा स्नातकोत्तर तर उक्त जनशक्ति उपलब्धता नभएमा १ वर्षको कार्य अनुभव भएका सम्बन्धित विषयमा स्नातक मावि द्धितीय श्रेणी सरहको शिक्षक अनुदान) प्रदान गर्ने केन्द्रले जानकारी दियो ।

प्रत्येक विद्यालयमा एक जना सम्बन्धित विषयमा कम्तिमा टीएसएलसी वा सो सरहको योग्यता भएको प्रावि तृतीय श्रेणीको तलव भत्ता प्रति विद्यार्थी अनुदानबाट व्यवस्था हुने गरी र नपुग विद्यालय स्वयंले समेत व्यवस्था गर्ने गरी प्रशिक्षण सहायक नियुक्त गर्न निर्देशन दिएको छ । ल्याव व्यस्थापन बापत पाउने रकम कार्यक्रम कार्यान्वयन पुस्तिकमा तोकिए बमोजिम हुने सूचनामा उल्लेख गरेको छ ।  प्राविधिक धार कक्षा (९-१२)  तर्फ निर्धारित शिक्षक, प्रशिक्षक, सहायक प्रशिक्षकका लागि तोकिएको तलव व.उ.शि.नं ३५००००१५ मा समावेश भई वित्तीय हस्तान्तरण हुने भएकोले सो बाट नियमानुसार भुक्तानीको व्यवस्था सम्बन्धित स्थानीय तर्फ मार्फत हुने सूचनामा उल्लेख गरिएको छ ।

A Levels MA
Thuprai - Books and E-books