After SEE Portal

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक तहको परीक्षा तालिका सार्वजनिक (परीक्षा तालिकासहित)

Bridge Course

चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहका एकीकृत प्रवेश परीक्षाको परीक्षा तालिका सार्वजनिक गरेको छ । चिकित्सा शिक्षाको स्नातक तहको विभिन्न शैक्षिक कार्यक्रमहरुमा भर्नाका लागि लिइने एकीकृत प्रवेश परीक्षा आगामी चैत्र १८,२० र २१ गते ११ देखि २ बजे सम्म निर्धारण गरी परीक्षा तालिका सार्वजनिक गरेको हो।

आयोगबाट प्रकाशित सूचना सूचना अनुसार गत फागुन ६ गतेसम्म अनलाइन आवेदन दिने परीक्षार्थीहरुको एकीकृत प्रवेश परीक्षा काठमाडौं उपत्यकामा परीक्षा सञ्चालन गर्ने सूचनामा उल्लेख गरेको छ ।

आयोगले परीक्षा सञ्चालन हुनु पाँच दिन अगाडि प्रवेश पत्रमा परीक्षा केन्द्र तोन्द्र र पाँच दिन अघि नै अनलाइनबाट विद्यार्थीले प्रवेश पत्र प्रिन्ट गर्न सक्ने सूचनामा उल्लेख गरेको छ ।

आयोगको अनुसार बिहान ११ बजेदेखि हुने परीक्षा चैत १८ गते एमबीबीएस, बीडीएस, बीएससी नर्सिङ, बीएएसएलपी, बी पर्फ्युजन टेक्नोलोजीको परीक्षा हुनेछ । बीएएमएस, बीएनएस, बीएससी, एमएलटी, बएससी एमआईटी, बी फार्मा, बी अप्टोमेट्रि र बीपीटीको परीक्षा हुने र चैत २१ गते बीपीएचको परीक्षा हुनेछ ।

A Levels MA