After SEE Portal

शिल्प तथा डिजाइन शिक्षामा स्नातक तहको कक्षा सुरु

Bridge Course

काठमाडौँ विश्वविद्यालयले पहिलो पटक शिल्प तथा डिजाइन शिक्षामा स्नातक तहको कक्षा सुरु गरेको छ ।नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा काठमाडौँ विश्वविद्यालयले शिल्पकलाको पठनपाठन सुरु गरेको हो ।

स्कुल अफ आर्ट र स्कुल अफ इन्जिनियरिङले ब्याचलर अफ क्राफ्ट एण्ड डिजाइन  कार्यक्रम सञ्चालनमा ल्याएको विश्वविद्यालयले जानकारी दियो ।

चार वर्षे पाठ्यक्रमले स्थानीय कला, परम्परागत कला, ज्ञान र सीपलाई  एकीकृत गरी केयुले यो कार्यक्रम् सञ्चालनमा ल्याएको विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले बताए । यो कार्यक्रममा अहिले बीस जना  विद्यार्थी  भर्ना भएका छन् ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले शिल्प तथा डिजाइन कलामा स्नातक पठाइ सुरु हुनु ललितकला क्षेत्रकै लागि उपलब्धिको कुरा भएको बताए । उनले ललितकला विकासका लागि प्रतिष्ठानले कार्ययोजना बनाएर अघि बढ्ने तयारी गरिरहेका बेला प्राज्ञिक क्षेत्रमै परम्परागत कलाको शिक्षा प्रदान हुनु महत्त्वपूर्ण भएको बताए ।

A Levels MA