स्नातक उत्तीर्ण छात्राले रु. ५१ हजार सहयोग पाउने

बाराको पचरौता नगरपालिकाले स्नातक तह उत्तीर्ण गरेका छात्रालाई उच्च शिक्षामा थप टेवा पुर्याउन प्रति छात्रा रु ५१ हजारका दरले सहयोग उपलब्ध गराउने भएको छ ।

नगरपालिकाले आर्थिक वर्ष २०७८–७९ को नीति तथा कार्यक्रममा उक्त घोषणा गरेको हो । नगरसभाले पारित गरेको सो नीति तथा कार्यक्रममा नगरपालिकाभित्रका स्नातक तह उत्तीर्ण गरेका छात्रालाई उच्च शिक्षा हासिल गर्न प्रोत्साहन गर्ने उद्देश्यले उक्त व्यवस्था गरेको नगरपालिकाले जानकारी दियो।

नगरपालिकाले आगामी वर्ष एक वडा एक नमुना विद्यालयको सम्भाव्यता अध्ययन गर्ने समेत उद्घोष गरेको छ । सो नीति तथा कार्यक्रममा विद्यालयको स्तरोन्नति गर्ने, विद्यालयलाई प्रविधिमैत्री बनाउने, साक्षर नगरपालिका घोषणाका लागि विशेष पहल गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

Degrees offered in nepal
Counseling
Bachelors Portal