सरकारी अस्पतालको प्रयोगात्मक कक्षाबाट दुई करोड ५५ लाख आम्दानी

चितवन, ५ कात्तिक (रासस) ः बिरामीको चापसँगै यहाँको सरकारी अस्पतालले प्रयोगात्मक कक्षाका लागि आउने विद्यार्थीबाट गत आर्थिक वर्षमा रु दुई करोड ५५ लाख ४० हजार आम्दानी गरेको छ । 

अस्पतालमा जिल्लाका स्वास्थ्य विषय पढाउने प्राविधिक कलेज, मेडिकल कलेज र देशका विभिन्न भागबाट स्वास्थ्य विषय पढाउने प्राविधिक कलेजका विद्यार्थी प्रयोगात्मक कक्षाका लागि यहाँ आउने गर्दछन् । 

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्ण पौडेलका अनुसार यहाँका दुई निजी कलेजले सरकारी अस्पतालमा प्रयोगात्मक कक्षा गर्ने गरी नर्सिङ विषय पढाउने गरेका छन् । नर्सिङमा प्रविणता प्रमाणपत्र तह सञ्चालन गरेको आइओएमटीले गत वर्ष एकमुष्ट रु १९ लाख ९५ हजार र स्नातक तह सञ्चालन गरेको मेडिकल एण्ड टेक्निकल कलेजले रु ५४ लाख ४५ हजार बुझाएका हुन् । यस वर्ष उनीहरुले पाँच प्रतिशत थप रकम बुझाउने भएका छन् । 
अस्पतालका अनुसार अनमीका विद्यार्थीले रु दुई हजार ५००, प्रविणता प्रमाणपत्र तहले रु चार हजार ५००, स्नातक तहका विद्यार्थीले रु छ हजार र स्नातकोत्तरका विद्यार्थीले रु सात हजार मासिकरुपमा लिइन्छ । अघिल्लो आर्थिक वर्र्ष प्रयोगात्मक कक्षाका लागि रु एक करोड ८१ लाख दुई नर्सिङ कलेजले एकमुष्ट रकम बुझाएका थिए ।मेडिकल सुपरिटेन्डेन्ट पौडेलका अनुसार दैनिक एक हजार ५०० हाराहारीमा बिरामी उपचारका लागि अस्पताल आउने गर्दछन् । अस्पतालमा ६०० श्यया भएकामा े ८५ प्रतिशत विरामी भरिने गर्दछ । 

काठमाडौँको प्रसूति गृह पछि सबैभन्दा बढी बच्चा जन्माउने भरतपुर अस्पताल हो । उक्त अस्पतालका प्रसूति रोग विशेषज्ञ डा श्री अधिकारीका अनुसार वार्षिक १५ हजार आमाले बच्चा यही अस्पतालमा जन्माउँछन् । उहाँले प्रसूति विभागमा बिरामीको चाप बढी हुने भएकाले देशका विभिन्न ठाउँका स्वास्थ्य शिक्षा पढ्ने विद्यार्थीको प्रयोगात्मक कक्षाका लागि भरतपुर अस्पताल उपयुक्त मानिएको बताउनुभयो । प्रयोगात्मक कक्षाबाट आम्दानी राम्रो हुँदा अस्पताल सञ्चालनमा टेवा पुगेको छ । 

Degrees offered in nepal
Counseling
Bachelors Portal