After SEE Portal

राज्यले शिक्षाको मार्गचित्र स्पष्ट गर्नुपर्छ ः मुख्यमन्त्री महेन्द्रबहादुर शाही

Bridge Course

सुर्खेत, १३ मङ्सिर (रासस) ः कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राज्यले शिक्षाको मार्गचित्र स्पष्ट गर्नुपर्ने बताउनुभएको छ । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगद्वारा आज यहाँ आयोजित ‘सुझाव सङ्कलन कार्यशालामा’ उहाँले सबै कुराको सूक्ष्म अध्ययन गरेर नीति बनाउन र त्यसलाई योजनामा ढालेर कार्यान्वयन प्रक्रियामा जोड दिनेतर्फ केन्द्रित हुन आयोगलाई सुझाव दिनुभयो । 

मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशका लागि नयाँ पाठ्यक्रम आवश्यक छ भन्दै त्यहीअनुसार निर्माण गरेर अघि बढ्ने सोच प्रदेश सरकारले बनाएको बताउनुभयो । 

सामाजिक विकासमन्त्री दल रावलले तीनै तहका सरकारलाई सम्बोधन हुन र गरीबमुखी शिक्षा नीति अख्तियार हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । 

आयोगका सदस्य श्यामकुमार श्रेष्ठले सातवटै प्रदेशबाट प्राप्त हुने प्रतिवेदनका आधारमा गुणस्तरीय शिक्षामा सबैको पहुँच बढाउने नीति ल्याएर छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

A Levels MA
Thuprai - Books and E-books