After SEE Portal

विद्यार्थी-शिक्षकलाई खाजा खुवाउँदै गोकर्णेश्वर नगरपालिका

Bridge Course

गोकर्णेश्वर नगरपालिकाले यो शैक्षिक वर्ष देखि कक्षा १ देखि ५ मा अध्ययनरत सम्पूर्ण सामुदायिक विद्यालयका विद्यार्थीलाई दिवा खाजा खुवाउन थालेको छ ।

प्रति विद्यार्थी दैनिक २५ रुपियाँका दरले विद्यार्थीलाई खाजा खुवाउँदै आएको शिक्षा शाखा गोकर्णेश्वरले जानकारी दियो ।

त्यस्तै गरी नगरपालिकाले नगरभित्र कार्यरत शिक्षकलाई पनि खाजाको व्यवस्था गरेको छ । नगरशिक्षा शाखामा कार्यरत स्रोत व्यक्ति रामनारायण शाहका अनुसार नगरभित्रका सम्पूर्ण सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाई केही सहजता प्रदान गर्ने उद्देश्यले यो कार्यक्रम लागु गरिएको स्रोत व्यक्ति साहले बताए ।

शिक्षा शाखाले नगर सभाबाट यस्तो व्यवस्था पारित गराइ यी कार्यक्रम लागु गरेको हो । ‘नगरमा अध्ययनरत विद्यार्थी आधिकांश घरलु तथा अन्य किसिमका मजदुर छन् ।’ उनले भने, ‘कुनैकुनै दिन त उनीहरु भोकै विद्यालय आउँछन् खाली पेटले कसरी सिक्नु ? के सिक्नु ? त्यसैले दिवा खाजाको व्यवस्था गरेका हौं ।’ खाजा कार्यक्रमका कारण तल्लो कक्षामा विद्यार्थी टिकाउ हुने लक्ष्यले नगरपालिकाले यस्तो कार्यक्रम लागु गरेको शिक्षा शाखाले जानकारी दियो ।

कुनै पनि काममा सफलता प्राप्त गर्न अतिरिक्त क्रियाकलापको आवश्यकता पर्छ । विद्यालयका शैक्षिक क्रियाकलापमा पनि अतिरिक्त क्रियाकलापको भूमिका महत्वपूर्ण हुन्छ । त्यसैले नरगभित्रका सम्पूर्ण विद्यालयलाई अतिरिक्त क्रियाकलाप सञ्चालन गर्न शिक्षा शाखाले जोड दिएको छ ।

मानिसको शारीरिक, मानसिक तथा बौद्धिक विकासका लागि विभिन्न प्रकारका खेलकुद, चेतनामूलक तथा नैतिकता सम्बन्धी विषयवस्तुको आवश्यकता पर्छ । जसले विद्यार्थीलाई शारीरिक रुपमा स्फुर्त, बौद्धिक रुपमा चेतनशील भई आफ्नो नियमित अध्ययन अध्यापनलाई पूर्ण बनाउन सहयोग गर्छ भन्ने उद्देश्यले नगरपालिकाले आगामी १६ गते राष्ट्रव्यापि कविता महोत्सवको आयोजना गर्ने नगरपालिकाका प्रवत्ता मनोजकुमार ढुङ्गानाले जानकारी दिए ।

विद्यार्थीको चौतर्फि विकासमा सहयोग पुर्याउने लक्ष्यले नेपाली कविता महोत्सवको आयोजना गर्न लागिएको हो । सो सम्मेलनमा राष्ट्रिय स्तरका कविलाई कवितावाचन गर्न लगाउने योजना रहेको छ । यसका लागि नगरपालिकाले रु.१० लाख खर्च व्यवस्थापन गरेको छ ।

विद्यार्थीको मानसिक तथा शारीरिक स्वास्थ्यलाई ख्याल गर्दै नगरपालिकाले खेलकुदलाई प्राथमिकतामा राखेको छ । हरेक विद्यालयका विद्यार्थीलाई खेलकुदमा सहभागी गराउने उद्देश्यले खेलकुदका सामग्री प्रदान गरेको छ । ‘हरेक विद्यालयलाई समानुपातिक रुपमा रु.२ लाखका विभिन्न खेलकुदका सामग्री प्रदान गरिएको छ’ प्रवत्ता ढुङ्गानाले भने ।

प्रवत्ता ढुङ्गानाका अनुसार नगरपालिकाले दोस्रो राष्ट्रपत्ति रनिङ्न शिल्ड प्रतियोगिता आयोना गरिरहेको छ । ११ गतेबाट सुरु भएको सो प्रतियोगिता १७ गते सम्म सञ्चालन गरिने प्रवत्ता ढुङ्गानाले जानकारी दिए । प्रतियोगितामा भलिबल,  कबड्डी , एथलेटिक्स आर्टलगायत विभिन्न खेल खेलाइँदै छ ।

नगरकै आयोजनामा शैक्षिक सत्रको विभिन्न चौमासिकमा अन्तरविद्यालय अतिरिक्त क्रियाकलाप सञ्चालन गरेको छ ।

शिक्षा नियमावली २०५९ ले पनि अतिरिक्त क्रियाकलापको व्यवस्था गरेको छ । उक्त नियमावलीको परिच्छेद १४ को नियम ७६ मा अतिरिक्त क्रियाकलाप कार्यक्रम सञ्चालन गर्नुपर्ने भन्ने कुरा उल्लेख गरिएको छ । नियम ७३ को उपनियम १ मा यस्तो लेखिएको छ, विद्यालयले विद्यार्थीहरुको सिर्जनात्मक प्रतिभाको विकासका लागि विद्यालयमा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ । उपनियम–२, अतिरिक्त क्रियाकलाप कार्यक्रम शिक्षक तथा विद्यार्थी दुवैले भाग लिनुपर्ने व्यवस्था गरेको छ । सोही व्यवस्था अनुसार नगर शिक्षा शाखाले अतिरिक्त कार्यक्रम सञ्चालन गर्दै आएको हो ।

नगरले गत महिनाबाट प्रत्येक विद्यालयमा इहाजिरीको व्यवस्था गरेको छ । त्यस्तै नगरले गत साउनदेखि नै इबेलको व्यवस्था गरेको छ । नगरपालिकाभित्रका हरेक विद्यालयमा पुस्तकालय छन् । तर व्यवस्थित भने छैनन् । विद्यालयमा भएका बुक कर्नरको हालत पनि उस्तै छ । शाह भन्छन्, ‘आगामी वर्षदेखि केही विद्यालयमा इपुस्ताकालयको व्यवस्था गरिने छ । भने बुक कर्नरलाई पनि अब व्यवस्थित गरिने छ’ शाहले बताए ।

नगरमा शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले कक्षा ८ र १० मा कोचिङ कक्षाको व्यवस्था गरेको छ । दैनिक तीन घण्टा उक्त कक्षा सञ्चालन गर्ने गरिएको छ । ‘कोचिङ कक्षाले नतिजामा पनि गत वर्षभन्दा सुधार आएको छ । यसलाई निरन्तरता दिने नगरको योजना छ’ नगर प्रमुख सन्तोष चालिसेले भने, ‘नगरले यसै वर्षदेखि अरुणोदय माध्यमिक विद्यालयमा प्राविधिक धार अन्तर्गत सिभिल इन्जिनियरिङको कक्षा सञ्चालन गरेको छ ।’

यसैगरी ७५३ स्थानीय तह मध्ये गोकर्णेश्वर स्थानीय पाठ्यपुस्तक लागु गर्ने पहिलो गाउँपालिका हो । नगरपालिकाले एकै पटक आधारभूत तह (कक्षा १ देखि ८) को स्थानीय पाठ्यक्रम तथा पाठ्यपुस्तक लागू गरेको छ ।

नगरका १६ सामुदायिक र ८८ संस्थागत विद्यालयले यो पाठ्यक्रम अहिले कार्यान्वयन गरिरहेका छन् । स्थानीय संस्कृति, परम्परा धर्मलाई जीवन्त राख्ने उद्देश्यले नगरपालिकाले स्थानीय पाठ्यपुस्तक तथा पाठ्यक्रम लागु गरेको नगर प्रमुख चालिसे बताए ।

यसैगरी प्रारम्भिक बालविकास केन्द्रका लागि नगरले शैक्षिक सामग्री अनुदान स्वरुप प्रदान गरेको छ । इसीडी सहजकर्तालाई नेपाल सरकारले प्रदान गरेको पारिश्रमिकमा नगरले रु. दुई हजार थप गरी प्रदान गर्दै आएको छ । ‘सरकारले प्रदान गरेको पारिश्रमिकले उनीहरुलाई खाजा र गाडी खर्चसमेत नधान्ने भएपछि हामीले दुई हजार थप गरिदिन नगरलाई अनुरोध ग¥यौं ।’ शाहले भने, ‘नगरभित्रका सम्पूर्ण शैक्षिक गतिविधि तथा सिकाइ उपलब्धि विश्लेषण गरी प्mल्यास एक र दुई प्रकाशन गरेको छ ।’

गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले आधारभूत तह र माध्यमिक तहका सबै विद्यालयको प्रतिनिधित्व हुने गरी हरेक विद्यालयका ४ जनाका दरले ३ समूहमा विभाजन गरी शिक्षकलाई तालिम प्रदान गरेको छ । भने विषयगत शिक्षक दरबन्दी अभाव भएका विद्यालयमा तल्लो तहका शिक्षकलाई माथिल्लो कक्षामा शिक्षण गर्न लगाई दरबन्दी व्यवस्थापन गरिएको छ । त्यसै गरी ६४ जना शिक्षकलाई कार्यमूलक अनुसन्धान तालिम प्रदान गरिएको नगरपालिकाले जानकारी दियो । त्यस्तै विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारीलाई क्षमता विकास तालिमको आयोजना गरेको छ । त्यस्तै शिक्षक प्रोत्साहनका लागि नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरेको छ ।

A Levels MA
Thuprai - Books and E-books