After SEE Portal

ज्ञानोदय विद्यालयमा छात्रा योगा कार्यक्रम

Bridge Course

काठमाडौं । काठमाडौं बाफलस्थित ज्ञानोदय विद्यालयको आयोजनामा दुईदिने छात्रा योगा कार्यक्रम गरीएको छ ।

                   


 छात्राहरुको स्वास्थ्यमा आउने शारीरिक तथा मानसिक समस्यालाई निराकरण गर्ने उद्देश्यले योगा तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरीएको हो । सो अवसरमा आठ सय ५० छात्राहरुको सहभागीता रहेको थियो ।

                  


यस अघि पनि यस्ता कार्यक्रमहरु आयोजना गदैं गरेको विद्यालयका प्रधानाध्यापक नातिकाजी महर्जनले बताउनुभयो ।

 छात्राहरुको रजस्वलाको समयमा आउने समस्याहरुको समाधान कसरि गर्न सकिन्छ भन्ने विषयमा जानकारी गराइएको थियो । कार्यक्रमको सञ्चालन द आर्ट अफ लिभीङका अन्जली शाहले गर्नुभएको थियो । कार्यक्रम भदौ २२ र २३ गते चलेको थियो । 

A Levels MA