After SEE Portal

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले स्थगित परीक्षा अनलाइनबाट लिने

Bridge Course

कोरोना महामारीको दोस्रो लहर फैलिएपछि स्थगन गरिएका सुदूरपश्चिम विश्वविद्यालयका सबै तहको परीक्षा अनलाइनबाट सञ्चालन हुने भएको छ । महामारीका विच विश्वविद्यालयले अनलाइनमार्फत परीक्षा र पठनपाठन कार्य सञ्चालन गर्ने भएको हो ।

विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले निर्णयले विश्वविद्यालयका शैक्षिक कार्यक्रम वैकल्पिक माध्यमबाट सञ्चालन गर्नुपर्ने निर्णय गरेको छ । कार्यकारी परिषद्को निर्णयअनुसार स्नातक तह दोस्रो, चौथो र छैटौँ सेमेष्टरका परीक्षा आगामी साउन ५ गतेदेखि सञ्चालन हुने भएको छ ।

विश्वविद्यालयको केन्दीय कार्यालयले स्नातक तह दोस्रो, चौथो र छैटौँ सत्रको अघिल्लो सेमेष्टरका कक्षा आगामी जेठ २५ देखि सञ्चालन गर्ने सूचना जारी गरिसकेको छ ।

कोरोना सङ्क्रमणको जोखिम र निषेधाज्ञा पनि जारी रहेकाले वैकल्पिक माध्यमबाट पठनपाठन र परीक्षा गरिन लागिएको हो । यद्यपि अवस्था सामान्य भएमा तथा नेपाल सरकारले निर्णय गरेमा कक्षा र निर्धारित परीक्षा भौतिकरूपमै सञ्चालन हुने विश्वविद्यालयले जनाएको छ ।

 

वैकल्पिक माध्यमबाट सञ्चालन हुने परीक्षाका लागि परीक्षा नियन्त्रण कार्यालयले जेठ मसान्तभित्र कार्यविधि तयारी पार्ने र असार २० गतेसम्म परीक्षा सञ्चालनका लागि आवश्यक तयारी गरिसक्ने जनाएको छ । परीक्षालाई लिखित तथा मौखिक र विद्यार्थीलाई विश्लेषणात्मक उत्तर दिनुपर्ने खालको प्रश्नपत्र तयार पारिनेछन् ।

 

अनलाइन प्रविधिबाट परीक्षा तयारी भइसकेपछि विद्यार्थीको ‘मक टेष्ट’ गराइने छ । अहिले विश्वविद्यालयले माइक्रोसफ्ट सफ्टवेयर खरिद गरेकाले सोहीमार्फत परीक्षा सञ्चालन गरिनेछन् । स्नातकोत्तर तहका हकमा दोस्रो सेमेष्टरका विद्यार्थीलाई तेस्रो सेमेष्टरमा राखी जेठ २५ गते र दोस्रो र चौथो सेमेष्टरको परीक्षा साउन २४ गतेदेखि वैकल्पिक माध्यमबाट गरिने सूचनामा उल्लेख गरिएको छ ।

 

केन्द्रीय कार्यालयले जारी गरेको सूचनाअनुसार तयारी थालिएको पाटन बहुमुखी क्याम्पस बैतडीका प्रमुख उत्तम भण्डारीले जानकारी दिए । “कक्षा सञ्चालन र परीक्षा सञ्चालनका लागि हामीले पनि तयारी थालेका छौँ ।” उनले भने, “आइतबार जुम मिटिङ राखेका छौँ ।”

A Levels MA
Thuprai - Books and E-books