भूमिराज माध्यमिक विद्यालयमा अक्षयकोष

डोटी, १४ जेठ (रासस): जिल्लाको केआईसिंह गाउँपालिका वडा नं. ७ का भोजनाथ योगीले गाउँको भूमिराज माध्यमिक बिद्यालयमा रु १ लाख १ हजारको अक्षय कोष स्थापना गर्नु भएको छ। 

उहाँले आफ्ना स्वर्गीय बुबा ‘हीरानाथ योगी स्मृति प्रतिष्ठान’का नाममा उक्त कोष स्थापना गर्नुभएको हो । उक्त विद्यालयमा आयोजित कार्यक्रममा दाता योगीले रु एक लाख एक हजारको चेक सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको उपस्थितिमा विद्यालयका अध्यक्ष शान्त बलायर हस्तान्तरण गर्नुभयो ।

आर्थिक, सामाजिक, सांस्कृतिक एवं शैक्षिक क्षेत्रमा पछाडि परेका गरीब तथा जेहेन्दार बालबालिकाका पक्षमा सहयोग र वकालत गर्ने, वातावरण संरक्षणका सवालमा सचेतनामूलक कार्यक्रम गर्ने, सामाजिक, आर्थिक हिसाबले विपन्न परिवारका लागि स्वास्थ्यमा पहुँच बढाउन अभिमुखीकरण गर्ने, गरीब विपन्न विद्यार्थीहरुका लागि आयमूलक तथा सीपमूलक कार्यक्रम सञ्चालन गर्ने, भ्रष्टाचार निर्मूलका लागि सचेतना कार्यक्रम सञ्चालन गर्नेलगायत कार्य गर्ने उद्देश्यले आफूले उक्त कोष स्थापना गरेको दाता योगीले बताउनुभयो ।

मूख्यमन्त्री भट्टले सरकारी विद्यालयप्रति सबैको चासो बढ्नाको सट्टा घटिरहेको अहिलेको अवस्थामा भोजनाथ योगीजस्ता समाजसेवीहरुले विद्यालयमा स्थापना गरेको अक्षयकोषबाट सामुदायिक विद्यालयको शैक्षिक क्षेत्रमा योगदान पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “निजी क्षेत्रमा लगानी हैन सरकारी विद्यालयमा सहयोग र लगानी गरौँ गरीबका छोरा छोरीको भविष्य बनाऊँ ।”

उक्त क्षेत्रमा समाजसेवीका रुपमा परिचित हिरानाथ योगीको विसं २०७५ माघ २१ गतेका दिन निधन भएको थियो । उहाँ २०४० देखि २०४३ सालसम्म उक्त विद्यालयकोव्यवस्थापन समिति अध्यक्ष पनि हुनुभएको थियो ।

Degrees offered in nepal
Counseling
Bachelors Portal