After SEE Portal

सिटीजन कलेज र युनिक क्याम्पस बिच मैत्रिपूर्ण​ बास्केटबल प्रतियोगिता सम्पन्न्न

Bridge Course

काठमाडौँ, फाल्गुन १५: सिटिजन कलेज सातदोबाटो र युनिक कलेज कुमारीपाटीको बिच ललितपुर ,कुमारीपाटीमा १ दिने मैत्रिपूर्ण बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ । 

उक्त खेलमा सिटिजन कलेजको तर्फबाट दिपेश भुसालको कप्तानी रहेको थियो भने युनिक कलेजका प्रजेसले कप्तानी गरी खेलाडीहरुलाई मैदानमा उतारेका थिए ।  

एक  दोर्सो कलेज बिच आपसी  समझदारी बिकास गर्ने लक्ष्यका साथ यो खेलको आयोजना गरिएको  सिटिजन कलेजका प्राचार्य  हरिकृष्ण अर्याल र युनिक कलेज का प्राचार्य राजेश महर्जनले खेलको उद्घाटन गर्दै उक्त कुराको जानकारी दिनुभएको थियो   

युनिक क्याम्पस परिसरमा सम्पन्न अत्यन्तै रोमान्चक प्रतिस्पर्धामा युनिक कलेजले सिटिजन कलेजलाई  एक अन्कको अन्तरमा खेल आफ्नो पक्ष्यमा पार्न सफल भएको थियो । 

नियमित पढाईको अलावा सिटीजन कलेजले आफ्ना संगै अन्य क्याम्पसमा अध्यनरत बिद्यार्थीको पनि सहभागिता हुने गरि यस भन्दा अघि थुप्रै प्रसंसनिय कार्य गर्दै आइरहेको छ/ जस मध्ये  गत २०७५ साल फाल्गुन ४ गते सम्पन्न  पोखरा विश्वविद्यालय क्याम्पस अन्तर्गत  भिडिओ बिज्ञापन प्रतियोगिता बिद्यार्थी एवम प्रागिकसमूहबाटै औधी रुचाहिएको कार्यक्रम रहेको थियो ।  

नियमित पढ्दै गरिरहेका बिद्यार्थीको चाह, उत्सुकता र अनुरोधलाई कलेजले सदैब प्राथमिकतामा राखेको कुरा ब्यक्त गर्नु हुन्छ क्याम्पस ब्यबस्थापक राज कुमार प्याकुरेल साथै देशभरका जुनसुकै कुना कन्दरा बाट बिद्यार्थी प्रतिभालाई प्रस्फुटन गर्न सिटिजन कलेजले उदाउदा दिनहरुमा अग्रणी भूमिका खेल्ने बिश्वास दिलाउन चाहनु हुन्छ क्याम्पस प्रमुख हरिकृष्ण अर्याल । 




A Levels MA
Thuprai - Books and E-books