After SEE Portal

विद्यार्थीलाई निःशुल्क सौर्यबत्ती वितरण

Bridge Course

सिञ्जा गाउँपालिकाले १२ विद्यालयका विद्यार्थीलाई निःशुल्क सौर्यबत्ती वितरण गरेको छ । गाउँपालिकाको जनतासँग अध्यक्ष कार्यक्रमअन्तर्गत विद्यार्थीको पठनपाठनमा सहज होस भनेर सौर्यबत्ती वितरण गरिएको हो ।

गाउँपालिकाले कक्षा ८, ९ र १० सम्म सञ्चालन गरेका माध्यमिक विद्यालयलाई निःशुल्क सौर्यबत्ती वितरण गरिएको जनाएको छ । कक्षा ८ का ७०५, कक्षा ९ का ३२१ र कक्षा १० का ३१५ गरी एक हजार ४१ विद्यार्थीलाई सौर्यबत्ती वितरण गरिएको गाउँपालिकाका अध्यक्ष देवलसिंह रावलले बताउनुभयो ।

भैरव माध्यमिक विद्यालय, आधारभूत विद्यालय, जनज्योति आधारभूत विद्यालय, कालिका आधारभूत विद्यालय, केदारनाथ आधारभूत विद्यालय, देउती आधारभूत विद्यालय, महादेव मावि, कैलाश मावि, शारदा आधारभूत विद्यालय र फोटासिली आधारभूत विद्यालयका विद्यार्थीलाई सौर्यबत्ती वितरण गरिएको अधिकृत पदमबहादुर भण्डारीले बताउनुभयो । दुई वटा बल्व, एउटा सोलार पाता र ब्याट्रीसहित १० वाटको सोलार बत्ती वितरण गरिएको छ ।

A Levels MA
Thuprai - Books and E-books