After SEE Portal

विद्यालय भवन शिलन्यास

Bridge Course

बेझाड, २३ फागुन (रासस) ः पाल्पाको रामपुर नगरपालिका– ५मा निर्माण हुने रामतुलसी माध्यमिक विद्यालयको आठ कोठे नयाँ भवनको नगरप्रमुख रमणबहादुर थापाले आज शिलान्यास गर्नुभयो । 

नगरप्रमुख थापाले भौतिक पूर्वाधार विकाससँगै शैक्षिक गुणस्तर वृद्धिमा विद्यालयले जोड दिनुपर्ने बताउनुभयो । पूर्वसचिव शान्ताबहादुर श्रेष्ठले जिल्लाकै राम्रो विद्यालयका रुपमा शैक्षिक क्षेत्रमा चिनिएकोले यसलाई नेपालकै नमूना विद्यालय बनाउन सकिने गरी काम गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । 

सरकारको नमूना विद्यालय अनुदान कार्यक्रमअन्तर्गत रु एक करोड ५० लाखको लागतमा भवन निर्माण प्रक्रिया अगाडि बढाइएको विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्सालले बताउनुभयो । 

सो रकममध्ये रु ९९ लाखको लागतमा विद्यालय भवन, रु २० लाखमा १५ कोठाको सुविधा सम्पन्न बालमैत्री शौचालय र बाँकी रकम विद्यालयको अन्य भौतिक व्यवस्थापनमा खर्च गरिने प्रधानाध्यापक लम्सालले बताउनुभयो । 

दुई तले आठ कोठासहितको सुविधा सम्पन्न प्राथमिक र पूर्वप्राथमिक कक्षा सञ्चालन गर्ने गरी आउँदो असार मसान्तसम्म भवन निर्माण सकिने जनाइएको छ । 

विसं २०७३ देखि नमुना विद्यालयका लागि प्रक्रिया अगाडि बढी यसै वर्षदेखि कार्यान्वयनमा आएको विद्यालयले नमूना विद्यालय सिफारिशका लागि आवश्यक प्रक्रिया पूरा गरी छनोटमा परेको हो । 

पूर्वी पाल्पाकै जेठो यस विद्यालयमा नर्सरी देखि उच्च शिक्षासम्म करीब दुई हजार विद्यार्थी अध्ययनरत छन् । 

पर्याप्त खेल मैदान, शौचालय, खानेपानी, विद्यालय भवनलगायतका क्षेत्रमा पाल्पाकै राम्रो विद्यालय बनेको छ । विद्यालयमा तीन वर्षे कृषि बाली विज्ञान कक्षा सञ्चालन भइरहेको छ । कृषि विश्व विद्यालय सञ्चालनका लागि सम्बन्धित निकायमा माग भइरहेको विद्यालयले जनाएको छ ।

A Levels MA