After SEE Portal

सामुदायिक विद्यालय भवनको शिलान्यास

Bridge Course

भक्तपुर, १० माघ (रासस) ः सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डुस्थित भैरवी आधारभूत विद्यालयको नयाँ भवन बनाइने भएको छ ।  

 सांसद महेश बस्नेतले आज भवनको शिलान्यास गर्दै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कायम गर्न कुनै कसर बाँकी राख्न नहुने बताउनुभयो । कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा नं ७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले नगरपालिकाले नगरभित्रका सबै सामुदायिक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष जनप्रतिनिधि रहने व्यवस्था गरेसँगै विद्यालयको शैक्षिक गुणस्तरमा सुधार हुँदै आएको बताउनुभयो ।  

 कूल रु ६९ लाख ६९ हजार लागतमा निर्माण हुने भवन चालू आर्थिक वर्षभित्र निर्माण गरिसक्ने लक्ष्य छ । विद्यालयका प्रधानाध्यापक राजकुमार बस्नेतले विद्यालयमा प्लेग्रुपदेखि कक्षा ५ सम्म पढाइ हुँदै आएको र आगामी वर्षदेखि क्रमिकरूपमा कक्षाको स्तरोउन्नति गर्दै लैजाने बताउनुभयो ।

A Levels MA