After SEE Portal

तनहुँमा पूर्व विद्यार्थीद्वारा अक्षयकोष स्थापना

Bridge Course

दमौली, २६ मङ्सिर (रासस) ः तनहुँको भानु नगरपालिका–१३ तीनघरे घर भई हाल अमेरिकामा रहनुभएका राजु अधिकारीले सोही वडाको अरनिको माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको छ । 

विद्यालयको पूर्वविद्यार्थी एवं पूर्वशिक्षकसमेत रहनुभएका अधिकारीले सो रु एक लाख एक हजारको अक्षयकोष स्थापना गर्नुभएको हो । विद्यालयमा अध्ययनरत गरीब तथा जेहेन्दार छात्रछात्रालाई वार्षिक रूपमा छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले विद्यालयमा गठित पूर्वविद्यार्थी मञ्चमार्फत अधिकारीले अक्षयकोष स्थापना गर्नुभएको हो । अक्षयकोषवापतको उक्त रकम अधिकारीले विद्यालयका प्रधानाध्यापक शैलेन्द्रकुमार साहलाई हस्तान्तरण गर्नुभयो । 

प्रधानाध्यापक साहले अक्षयकोषबाट विद्यालयको शैक्षिक उन्नतिमा टेवा पुग्ने बताउनुभयो । पूर्वविद्यार्थी मञ्चका अध्यक्ष गलबहादुर गुरुङले आफँैले अध्ययन र अध्यापन गरेको विद्यालयलाई सहयोग गर्नु उदाहरणीय काम भएको बताउनुभयो । सो अवसरमा नर्सरीमा प्रथम हुने छात्रछात्रालाई जनही रु ५०० तथा कक्षा एकदेखि १२ सम्ममा प्रथम हुने छात्रछात्रालाई जनही रु एक हजार १०० पुरस्कार प्रदान गरिएको थियो ।

A Levels MA
Thuprai - Books and E-books