After SEE Portal

पूर्व विद्यार्थी नेता सम्मानित

Bridge Course

काभे्रपलाञ्चोक, १२ माघ : राष्ट्रिय युवा परिषद् नेपालले लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र नेपाली जनताको समृद्धिका पक्षमा निरन्तर खटेका २० जना पूर्व विद्यार्थी नेतालाई सम्मान गरेको छ । 
परिषद्ले सबै राजनीतिक दलका विद्यार्थी नेतालाई सम्मान गर्ने उद्देश्यका साथ धुलिखेलमा दुईदिने परामर्श बैठकमा भेला गराई कदरपत्रले सम्मान गरेको हो । सोही बैठकमा उपस्थित पूर्व विद्यार्थी नेतालाई युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले सम्मान गर्नुभयो । 
सम्मानित हुनेमा अनेरास्ववियूका पूर्वअध्यक्ष ठाकुरे गैरे, देवेन्द्र पराजुली तथा पूर्वउपाध्यक्ष लक्ष्मण लम्साल, अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष लेखनाथ न्यौपाने, हिमाल शर्मा, युवराज चौलागाई र रत्न ढकाल, विद्यार्थी मञ्चका पूर्वअध्यक्ष सन्तोष मेहता लगायत हुनुहुन्छ । 
संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र नेपाली जनताको समृद्धिका पक्षमा निरन्तर समाहित हुँदै नेपालको शैक्षिक उन्नयन र युवा विकासको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएवापत पूर्व विद्यार्थी नेतालाई सम्मान गरिएको परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले जानकारी दिनुभयो । उहाँका अनुसार परामर्श बैठकमा युवाको विकासका लागि पाँचबर्षे रणनैतिक योजना बनाइनेछ । 
परिषद्ले ६५ जना पूर्व विद्यार्थी नेतालाई सम्मान गर्ने लक्ष्य राखेको छ । परिषद्ले सम्मान गर्न सूचीकृत पूर्व विद्यार्थी नेता हालका वहालवाला मन्त्री, संघीय तथा प्रदेश सांसद र पार्टीका केन्द्रीय सदस्य हुनुहुन्छ । (तस्विर उपलब्ध छ) 

A Levels MA