CMAT

जीवनमा प्रयोग हुने शिक्षा आवश्यक: पूर्वराष्ट्रपति डा रामवरण यादव

Bachelors Portal

पूर्वराष्ट्रपति डा रामवरण यादवले प्राविधिक शिक्षालाई प्राथमितामा दिनुपर्ने बताउनुभएको छ ।

तनहुँको भानु नगरपालिका–११ स्थित त्रिभुवन माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहलाई बिहीबार सम्बोधन गर्दै उहाँले विद्यालयमा अनिवार्यरुपमा प्राविधिक र रोजगारमुखी शिक्षा लागू गर्नुपर्छ भन्नुभयो ।

पूर्वराष्ट्रपति यादवले भन्नुभयो “आफ्नो जीवनमा प्रयोग हुने शिक्षा दिन आवश्यक छ ।” नेपाली काँगे्रसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले आफ्नो ठाउँ आफैँ बनाउने अभियानमा सबै लाग्नुपर्छ भन्नुभयो ।

विद्यालय व्यवस्थापन समितिको अध्यक्ष नवराज श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा भानु नगरपालिकाका प्रमुख उदयराज गौली, काँगे्रसका जिल्ला पूर्वसभापति रघुनाथ पौडेल, पूर्वसांसद उर्मिला थापा, नेपाल महिला सङ्घको केन्द्रीय प्रतिनिधि एवं काँगे्रस महाधिवेशन प्रतिनिधि चिनु पोख्रेरेललगायतका वक्ताले विद्यालयको समग्र विकासको लागि निरन्तर लाग्नुपर्नेमा जोड दिनुभयो ।

Thuprai - Books and E-books
I Tech store