After SEE Portal

पूर्वअर्थमन्त्री शङ्करप्रसाद कोइरालाद्वारा छात्रवृत्ति वितरण

Bridge Course

भोजपुर, १९ वैशाख (रासस)ः पूर्वअर्थमन्त्री शङ्करप्रसाद कोइरालाले आफ्ना आमाबुबाको नाममा स्थापना गरेको अक्षयकोषको रकमबाट छात्रवृत्ति वितरण गर्नुभएको छ । उहाँले भोजपुर नगरपालिका– ७ स्थित विद्योदय माध्यमिक विद्यालयका २०७४ सालमा कक्षा ८ को परीक्षामा सर्वोत्कृष्ट अङ्क ल्याउने छात्र र छात्रालाई आज छात्रवृत्ति वितरण गर्नुभएको हो ।

भोजपुरको विद्योदय माध्यमिक विद्यालयका छात्रछात्रालाई छात्रवृतिसँगै प्रमाणपत्र हस्तान्तरण गर्दै पूर्वअर्थमन्त्री शंखरप्रसाद कोईराला । तस्वीर: युवराज विष्ट, रासस, भोजपुर ।

पूर्वमन्त्री कोइरालाले आमाबुबाको नाममा स्थापना गर्नुभएको ‘वेदनिधि–धनकुमारी कोइराला’ अक्षयकोषबाट सर्वोत्कृष्ट अङ्क ल्याउने छात्रा प्रतिबिम्ब राई र छात्रतर्फ सरोज राईलाई जनही रु १० हजार प्रमाणपत्र र स्वर्णपदकसहित पुरस्कृत गर्नुभएको हो । त्यस्तै २०७४ सालको कक्षा ११ को परीक्षामा विज्ञान विषयतर्फ सर्वोत्कृष्ट अङ्क ल्याउने छात्रा निमलम्बु शेर्पालाई नगद रु २० हजार, प्रमाणपत्र र स्वर्णपदकसहित सम्मान गरिएको छ ।

भोजपुर नगरपालिका–८ पोखरेस्थित सरस्वती आधारभूत विद्यालयमा २०७४ सालको वार्षिक परीक्षामा उत्कृष्ट हुने आशिष भुजेल र सुजता खड्का तथा २०७५ सालको वार्षिक परीक्षामा उत्कृष्ट अङ्क ल्याउने अशोक तामाङ र अनिषा भुजेलललाई सोही अक्षयकोषबाट जनही रु चार हजार १५ प्रदान गरिएको छ ।

A Levels MA
Thuprai - Books and E-books