After SEE Portal

विदेशी विद्यार्थी नेपाल आउन पाउने

Bridge Course

नेपाल सरकारले विदेशी विद्यार्थीलाई नेपाल आउन दिने भएको छ । मन्त्रिपरिषद्ले यस्तो निर्णय गरेको हो ।

मन्त्रिपरिषद्ले गरेका निर्णयको बारेमा आज जानकारी दिँदै सञ्चारमन्त्रीको समेत जिम्मेवारी पाएका अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा अध्ययन गर्न र परीक्षा दिन आउनुपर्ने विदेशी विद्यार्थीलाई सम्बन्धित शिक्षण संस्थामा भर्ना भएको वा आवेदन दिएको प्रमाणका आधारमा नेपाल प्रवेश गर्न दिइने निर्णय भएको बताए ।

उनले त्यस्ता विद्यार्थीहरुलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सिफारिसमा नेपाल आउन अनुमति दिइने स्पष्ट गरे । मन्त्री खतिवडाका अनुसार विदेशी विद्यार्थीले ७२ घण्टाभित्रको आरटी पीसीआर नेगेटिभ भएको प्रमाणसमेत पेश गर्नुपर्नेछ । 

“त्यस्ता विद्यार्थीले नेपाल सरकारले जारी गरेको सबै मापदण्ड र प्रोटोकल पालना गर्नुपर्नेछ” उनले भने । नेपालमा विशेष गरी चिकित्साशास्त्रमा विदेशी विद्यार्थी अध्ययन गर्छन् । त्यसबाहेक भाषा लगायतका विषयमा पनि विदेशी विद्यार्थीले नेपालमा अध्ययन गर्ने गरेका छन् ।

यसैगरी सरकारले नेपाल मेडिकल काउन्सिलले सञ्चालन गर्ने चिकित्सक दर्ता प्रमाणपत्रको परीक्षाका लागि पनि अनुमति प्रदान गरेको छ । काउन्सिलले जनस्वास्थ्य तथा सुरक्षाका मापदण्ड पालना गर्ने गरी प्रत्येक परीक्षार्थीको चारैतर्फ कम्तीमा दुई दुई मिटरको दूरी कायम गरी एउटा परीक्षा हलभित्र बढीमा २५ जना परीक्षार्थी रहने व्यवस्था मिलाउनुपर्ने छ । 

मन्त्री डा. खतिवडाले सो परीक्षा सञ्चालन प्रयोजनका लागि सहजीकरण र आवत जावतको सुरक्षा व्यवस्था स्थानीय प्रशासनले मिलाउनुपर्ने बताए ।

A Levels MA
Thuprai - Books and E-books