A Levels MA

सम्झौता भएको पाँच वर्ष बिति सक्दा पनि त्रिविका जीर्ण भवन बनेन्ः उपकुलपति बास्कोटा

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले भौतिक रूपले जीर्ण विश्वविद्यालयका भैतिक संरचना अझै बन्न नसकेको गुनासो गरेका छन् ।

त्रिविको बजेटसभा बैठकलाई सम्बोधन गर्दै उनले जीर्ण भौतिक संरचनालाई २०७२ सालको भूकम्पले थप जीर्ण बनाएकोहुँदा पुनर्निर्माण गर्न पुनर्निर्माण प्राधिकरणले ५ वर्ष अगाडि लक्ष्मी बैंकको सहयोग लिई ५ बर्ष भित्र पुनर्निर्माण गर्ने भनी जनाएको प्रतिबद्धता ५ वर्ष पुगि सक्दा कार्यान्वयन नभएको बताएका हुन् ।

‘देशको सबैभन्दा पुरानो त्रिभुवन विश्वविद्यालयका शिक्षक–कर्मचारीको निवृत्तिभरणको दायित्व आजसम्म सरकारले नलिदा प्राध्यापक तथा कर्मचारीमा ठूलो नैराश्यता उत्पन्न भएकोले आगामी आर्थिक वर्षको नेपाल सरकारको बजेटमा २०६७ साल अगाडि नियुक्ति पाएका विश्वविद्यालयका शिक्षकरकर्मचारीको निवृत्तिभरणको दायित्व नेपाल सरकारले लिई बजेटमा समावेश गरिदिनुहुन म हाम्रा कुलपति एवं सम्माननीय प्रधानमन्त्रीज्यूलाई विशेष आग्रह गर्दछु।’ उनले भने, ‘ नेपाल सरकारको कुल शिक्षाको बजेटमा १० प्रतिशतरकम मात्र उच्च शिक्षाको लागि विनियोजन गरिनु, त्यसमा पनि त्यो रकम देशका अन्य १० वटा विश्वविद्यालय र ६ वटा प्रतिष्ठानमा बाँडिनु र अनुसन्धान र विकासका लागि ०।४प्रतिशत भन्दा कम रकम मात्र विनियोजन गरिनु, उच्च शिक्षामा कार्यबोझको हिसावले त्रि।वि।ले ८०प्रतिशत हिस्सा बहन गर्नु तर बजेट विनियोजन गर्दा त्यसको अनुपातमा नगरी ५०प्रतिशत हाराहारीमा मात्र त्रिविलाई बजेट विनियोजन गरिनु दुखद हो ।’

त्रिविका करारका शिक्षकहरू, आंशिक शिक्षकहरू र श्रेणीविहीन कर्मचारीहरूको समस्या आजका दिनसम्म समाधान हुन नसक्नु समस्याकारुपमा देखा परेको उनले बताए ।

उत्कृष्ट कार्य गरे वापत राष्ट्रद्वारा प्रदान गरिने विभूषण, पदक, आदिको सिफारिस प्रक्रियामा विश्वविद्यालय सामेल नहुनु, भाषा आयोग जस्ता नियकायमा विश्वविद्यालयका विज्ञहरूको नियुक्ति नहुनु, प्राध्यापकहरूको मर्यादाक्रम पूर्ण रूपमा कार्यान्वयनमा आउन नसक्नु, विश्वविद्यालयका भोगचलनमा रहेका अचल सम्पत्ति विश्वविद्यालयको सहमति बिना नै अन्यलाई उपभोग गर्न दिनु, देशको लागि आवश्यक जनशक्ति प्रक्षेपणको खाका योजना आयोग वा अन्य सरकारी निकायबाट प्राप्त नहुनु जस्ता समस्याले त्रिवि जेलिएको उनको सम्बोधनमाउल्लेख गरिएको छ ।

सो बैठकलाई सम्बोधन गर्दै सहकुलपति तथा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले भौतिक पूर्वाधार, शौचालय, खेल मैदान, प्रविधियुक्त कक्षाकोठा, अनुसन्धानमा आधारित शिक्षण सिकाइ प्रक्रिया सञ्चालन गर्न स्रोत र साधनको अभाव भएको बताए । ‘एक वर्षमा ६ अर्ब भन्दा बढी बेरुजु फस्यौट गर्नुले प्रशासनिक तथा विद्युतीय सुशासनको मामलामाखरो उत्रिएको छ ।’ उनले भने, ‘विश्वविद्यालयको भौतिक सम्पत्ति संरक्षण गर्न त्रिविले विशेष ध्यान दिने छ भन्नेमाविश्वस्त छु ।’

सो बैठकलाई सम्बोधन गर्दै कुलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालय नेपालको उच्च शिक्षाको पर्याय भएके बताए । यो विश्वविद्यालयले नेपालको उच्च शिक्षामा आफ्नो पृथक पहिचान र गरिमामय इतिहास कायम राखेको धारणा व्यक्त गरे ।

‘नेपालको उच्च शिक्षाको विकास र विस्तारमा त्रिभुवन विश्वविद्यालयको प्रेरणादायी भूमिका छ।देशले अङ्गिकार गरेको उच्च शिक्षा नीति कार्यन्वयनमा त्रिविले निर्वाह गरेको भूमिका ज्यादै महत्वपूर्ण छ।’ कुलपति देउवाले भने, ‘उच्च शिक्षाको विकास र विस्तार कार्यमा त्रिभुवन विश्वविद्यालयले उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गर्दै सक्षम जनशक्ति उत्पादन गर्न सफल हुनेछ भन्ने मेरो विश्वास रहेको छ ।’

त्रिभुवन विश्वविद्यालयका चारैवटा अनुसन्धान केन्द्रहरूलाई प्रभावकारी रूपमा सञ्चालन गर्न विश्वविद्यालयले समयशारणी सहितको कार्ययोजनाका साथ अग्रसरता लिनु पर्ने आवश्यकतामा उनले जोड दिए ।

Thuprai - Books and E-books