A Levels MA

त्रिभुवन विश्वविद्यालयको बजेटसभा बैठकमा उपकुलपति प्राडा धर्मकान्त वास्कोटाले प्रस्तुत गरेको मन्तव्य

यस गरिमामय त्रि.वि. सभाका अध्यक्ष सम्माननीय प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति श्री शेर वहादुर देउवाज्यू, माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं त्रिभुवन विश्वविद्यालयका सह-कुलपति श्री देवेन्द्र पौडेलज्यू, त्रिभुवन विश्वविद्यालय सभाका सम्पूर्ण आदरणीय सभासद्ज्यूहरू, सहयोगी कर्मचारी वर्ग, सर्वप्रथम त्रिभवन विश्वविद्यालयको आर्थिक वर्ष २०७८/७९ को बजेट छलफल तथा नीति पारित गर्न बसेको यस साधारणसभा बैठकमा अध्यक्षता गरिरहनु भएका सम्माननीय प्रधानमन्त्री एवं कुलपतिज्यू, मा. शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं सह-कुलपतिज्य लगायत सम्पूर्ण आदरणीय सभासदज्यूहरूमा त्रि.वि. को तर्फबाट हार्दिक अभिवादन गर्दै स्वागत गर्दछु।

स्वागतम् ! स्वागतम् !! स्वागतम् !!! त्रि.वि.ले विगत ६२ वर्षे आफ्नो गौरवपूर्ण इतिहासमा नेपालको हरेक सुगम तथा दुर्गम स्थानमा रहेका आम जनमानसमा उच्च शिक्षाको ज्योति फैलाई देशको आवश्यकता अनुसारको मध्यम तथा उच्च तहको जनशक्ति उत्पादन गरी नेपालको सर्वाङ्गीण विकासमा जुन योगदान पुयाएको छ, त्यो हामी सबै बीच छर्लङ्गै छ। आर्थिक विविधता रहेका विद्यार्थीवर्ग, भौगोलिकका साथै कार्यक्रमहरूको विविधताले भरिपूर्ण हाम्रो जस्तो भीमकाय विश्वविद्यालयमा विश्वव्यापि महामारीका कारण पठन-पाठन र परीक्षाहरू पछाडि धकेलिँदै जाँदा हाम्रो शैक्षिक पात्रो केही शिथिल भएको भए तापनि हाम्रा डीनहरू, क्याम्पस प्रमुखहरू, शिक्षकवर्ग, कर्मचारीवर्ग, विद्यार्थीवर्ग र अभिभावकवर्ग समेतको निरन्तर समझदारी र सहयोगका कारण अवरुद्ध भएका सबै शिक्षण एकाइहरूमा वैकल्पिक विधिबाट पठन-पाठन र वैकल्पिक विधिबाट सम्भव भएका परीक्षाहरू सम्पन्न भइसकेका छन् भने वैकल्पिक विधिबाट सम्भव नभएका सबै परीक्षाहरू भौतिक उपस्थितिमा सम्पन्न भइसकेका छन्, भइरहेका छन् र हुने क्रममा छन् । त्यसै गरी त्रिभुवन विश्वविद्यालयमा पठन-पाठन हुने न्यून विद्यार्थी भर्ना भएका विषयहरू बाहेक सबै कक्षाहरू Covid-19 को स्थापित मापदण्ड अपनाई भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न निर्देशन दिए अनुरूप प्रायः सबै शिक्षण निकायहरूमा कक्षाहरू सञ्चालन भएका छन् भने न्यून विद्यार्थी भर्ना भएका विषयमा भने मिश्रित प्रणाली (Blended Mode) मार्फत् कक्षाहरू सञ्चालन गरिएका छन् ।

हाम्रो नियक्तिको पाँच महिना पनि नपुग्दै विश्वमा देखा परेको Covid-19 महामारीको असरका बावजुत हाम्रो नियुक्तिको एक वर्षे उपलब्धी हामीले हाम्रो Website मार्फत् सार्वजनिक गरिसकेका छौँ भने तत् पश्चात् थप एक वर्षमा पनि थुप्रै उपलब्धीहरू हासिल गरेका छौँ। विश्वविद्यालयले हासिल गरेका पछिल्लो समयका उपलब्धीहरू र प्रयासहरू:

यो साल सार्वजनिक गरिएको विश्वको र एसियन विश्वविद्यालयहरूको Ranking मा गत सालभन्दा हाम्रो विश्वविद्यालयको स्थान सुधारउन्मुख रहेको, • विश्वविद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानमा सम्बद्ध सबै पक्षको अथक मेहनत तथा सहयोगबाट IT र Virtual Learning मा उल्लेखनीय उपलब्धी हासिल गरिएको, यसलाई निरन्तरता दिने योजना बनाइएको,

• पाठ्यक्रम विकास केन्द्र, परीक्षा नियन्त्रण कार्यालय र डीन कार्यालयहरूमा Online माध्यमबाट आवेदन बुझाउने व्यवस्था गरिसकिएको,

• विश्वविद्यालयको Website लाई परिमार्जन गरी विश्वविद्यालय मातहतका सबै निकायको Website मा एकरूपता ल्याउन इञ्जिनियरिङ्ग अध्ययन संस्थान मार्फत् काम प्रारम्भ गरिसकिएको,

• नयाँ नियुक्ति पाएका शिक्षकहरूलाई सेवा प्रवेश तथा शिक्षण विधिको तालिम दिन पहिलो पटक सुरुवात गरिएको र अन्य झण्डै ६००० शिक्षकहरूलाई प्रविधिमैत्री तथा अनुसन्धानमुखी तालिम दिइसकिएको र सबै तहका गरी करीव ४०० कर्मचारीहरूलाई सेवाकालीन तालिमको व्यवस्था गरिएको,

• त्रि.वि.का सबै आङ्गिक क्याम्पसमा Online कक्षा व्यवस्थापन गर्न IT Unit को व्यवस्थाका लागि रकम उपलब्ध गराइएको र सबै आङ्गिक र सामुदायिक क्याम्पसमा Optical Fiber को सञ्जाल निर्माण गर्न नेपाल सरकार मार्फत् कार्य अगाडि बढाई सकिएको,

• अन्तर्राष्ट्रिय विद्यार्थीहरूको संख्याको उपस्थितिले र अन्तर्राष्ट्रिय छवि निर्माण गर्न महत्त्वपूर्ण भूमिका राख्ने भएकोले त्रि.वि.मा हाल ५०० भन्दा बढी विदेशी विद्यार्थी पुयाउन सफल भएको,

• विश्वविद्यालयको हातामा पर्खाल लगाउने, परिसरभित्र कालो पत्रे र अन्य भौतिक संरचना निर्माण कार्य सुरु गरिसकिएको,• विश्वविद्यालयलाई नव प्रर्वतनात्मक तथा अनुसन्धानमुखी बनाउने अभियानसँगै नेपाल सरकारबाट गत आर्थिक वर्षमा छुट्टै १०१/२ करोड र विश्वविद्यालयको आफ्नै स्रोतबाट ३ करोड गरी जम्मा १३१/२ करोड अनुसन्धानमा लगानी गरी विश्वविद्यालय नयाँ इतिहास रचना गर्न सफल भएको, यो आ.व. मा समेत यसलाई निरन्तरता दिन सफल भएको, विश्वव्यापी रूपमा फैलिएको Covid-19 र नेपालको सन्दर्भमा यसको विविध पक्षको बारेमा हाम्रा विभाग र अनुसन्धान केन्द्रहरूबाट अनुसन्धान कार्य भइरहेको,

• केन्द्रीय पुस्तकालयलाई Digitalize गर्दै विश्वविद्यालयका पाठक समक्ष Proquest online database मार्फत् पाठ्यसामग्री पुयाउन सुरु गरिसकिएको, त्यसैगरी भारतको राष्ट्रिय डिजिटल पुस्तकालय, एसिएन डेभलपमेन्ट बैंकका सामग्री पनि निःशुल्क हाम्रा पाठक समक्ष पुयाउने काम भएको,

• केन्द्रीय पुस्तकालयमा Anti Plagiarism Software स्थापना गरी विश्वविद्यालयका सबै निकायलाई सेवा प्रदान गरी बौद्धिक चोरीलाई न्यूनीकरण गर्ने अभियान सुरु गरिएको,

• आर्थिक सुशासनको फलस्वरूप विश्वविद्यालयको कहाली लाग्दो बेरुजुलाई न्यूनीकरण गर्न निर्देशिका तयार गरी सोही अनुरूप विज्ञद्वारा तालिमको शुरुवात गरिसकिएको र गत एक वर्षमा ६ अरबभन्दा बढी बेरुजु सम्परीक्षण भइसकेको र थप बेरुजु रकम पनि पछौट/सम्परीक्षणको क्रममा रहेको,

• केही नयाँ कार्यक्रमहरू अध्यापन सुरु गरिसकिएको, अन्य केही महत्त्वपूर्ण कार्यक्रमका विषय स्थापना भै पाठ्यक्रम बन्ने क्रममा रहेको,

• विश्वविद्यालयबाट प्रदान गरिने Transcript मा एकरूपता कायम गर्न र Credit Transfer गर्ने व्यवस्था नीतिगत रूपमा निर्णय गरिसकिएको र कार्यान्वयनमा ल्याइएको, विश्वविद्यालयको पुनःसंरचना गर्न विशेष कार्यदलले तयार पारेको ढाँचा सम्बन्धित निकाय समक्ष प्रस्तुतीकरणसमेत गरिसकिएको र निर्णयको क्रममा शिक्षा मन्त्रालयमा थाति रहेको र हाल रहेको नियम विनियमहरूमा एकरूपता ल्याउन, शिक्षण, प्रशिक्षण र परीक्षाको खर्च प्रणालीमा एकरूपता ल्याउन कार्यदल गठन गरी कार्य अगाडि बढाइएकोमा हाल सो अन्तिम चरणमा पुगेको, विश्वविद्यालयका शिक्षक, कर्मचारीहरूको नियमित आपूर्ति तथा पदोन्नतिका लागि त्रि.वि. सेवा आयोगबाट गरिने विज्ञापनलाई नियमित गरिएको।

कठीन समयका बावजुत यो उपलब्धीहरू हासिल गर्न सफल भए तापनि विश्वविद्यालयमा रहेका अन्य थुप्रै समस्याहरूलाई समाधान गर्नु हाम्रो निमित्त ठूलै चुनौति छन् ।

समस्याहरू:

• भौतिक रूपले जीर्ण विश्वविद्यालयका भैतिक संरचनाहरूलाई २०७२ सालको भूकम्पले थप जीर्ण बनाएको र त्यसलाई पुनर्निर्माण गर्न पुनर्निर्माण प्राधिकरणले ५ वर्ष अगाडि Lxim Bank को सहयोग लिई ५ बर्ष भित्र पुनर्निर्माण गर्ने भनी जनाएको प्रतिबद्धता ५ वर्ष पुगि सक्दा पनि कामको सुरुवात नहुनु, निजामति कर्मचारी, नव स्थापित विश्वविद्यालयहरूका शिक्षक/कर्मचारी तथा विद्यालयका शिक्षक/कर्मचारीको निवृत्तिभरणको दायित्व नेपाल सरकारले लिए तापनि देशको सबैभन्दा पुरानो त्रिभुवन विश्वविद्यालयका शिक्षक/कर्मचारीको निवत्तिभरणको दायित्व आजसम्म सरकारले नलिदा प्राध्यापक तथा कर्मचारीमा ठूलो नैराश्यता उत्पन्न भएकोले आगामी आर्थिक वर्षको नेपाल सरकारको बजेटमा २०६७ साल अगाडि नियुक्ति पाएका विश्वविद्यालयका शिक्षक/कर्मचारीको निवृत्तिभरणको दायित्व नेपाल सरकारले लिई बजेटमा समावेश गरिदिनुहुन म हाम्रा कुलपति एवं सम्माननीय प्रधानमन्त्रीज्यूलाई विशेष आग्रह गर्दछ।

• नेपाल सरकारको कुल शिक्षाको बजेटमा १०% रकम मात्र उच्च शिक्षाको लागि विनियोजन गरिनु, त्यसमा पनि त्यो रकम देशका अन्य १० वटा विश्वविद्यालय र ६ वटा प्रतिष्ठानमा बाँडिन् र अनुसन्धान र विकासका लागि ०.४% भन्दा कम रकम मात्र विनियोजन गरिनु, उच्च शिक्षामा कार्यबोझको हिसावले त्रि.वि.ले ८०% हिस्सा बहन गर्नु तर बजेट विनियोजन गर्दा त्यसको अनुपातमा नगरी ५०% हाराहारीमा मात्र त्रि.वि. लाई बजेट विनियोजन गरिनु,

. लगभग २०६० सालदेखि नै सृजित त्रि.वि.का करारका शिक्षकहरू, आंशिक शिक्षकहरू र श्रेणीविहीन कर्मचारीहरूको समस्या आजका दिनसम्म समाधान हुन नसक्नु,

• उत्कृष्ट कार्य गरे वापत राष्ट्रद्वारा प्रदान गरिने विभूषण, पदक, आदिको सिफारिस प्रक्रियामा विश्वविद्यालय सामेल नहुनु, भाषा आयोग जस्ता नियकायमा विश्वविद्यालयका विज्ञहरूको नियुक्ति नहुनु, प्राध्यापकहरूको मर्यादाक्रम पूर्ण रूपमा कार्यान्वयनमा आउन नसक्नु, विश्वविद्यालयका भोगचलनमा रहेका अचल सम्पत्ति विश्वविद्यालयको सहमति बिना नै अन्यलाई उपभोग गर्न दिन, देशको लागि आवश्यक जनशक्ति प्रक्षेपणको खाका योजना आयोग वा अन्य सरकारी निकायबाट प्राप्त नहुनु,

विश्वविद्यालयलाई राजनीतिकरण नगर्न राष्ट्रिय सहमति निर्माण नहुनुजस्ता विषयहरू आजका दिनमा विश्वविद्यालयको निरन्तर उत्थानको लागि थप चुनौति रहेका छन्। आशा छ आउँदा दिनहरूमा Covid-19 जस्तो महामारीलाई समयमा नै परास्त गर्न, विश्वविद्यालयलाई अनुसन्धानमुखी, नव-प्रवर्तनात्मक, स्वाबलम्बी तथा सृजनशील ज्ञानको केन्द्रबिन्दुको रूपमा विकसित गरी राष्ट्रको आवश्यकता अनुसार दक्ष जनशक्ति उत्पादन गर्ने महान अभियानमा विश्वविद्यालयको. प्रतिबद्धता रहेको कुरा व्यक्त गर्दै आजको सभामा प्रस्तुत हुने आ.व. २०७८/७९ बजेट लगायत अन्य केही प्रस्तावहरूलाई स्वीकृति प्रदान गर्नु हुन समस्त सभासद्हरूलाई हार्दिक आग्रह गर्दछु ।

अन्त्यमा यो सभा बन्दाबन्दी लगायत अन्य विविध कारणले समयमा नै र त्रि.वि. भवनको सभा कक्षमा गर्न नसकिएकोमा सभाका अध्यक्षज्यू, सह-अध्यक्षज्यू लगायत सम्पूर्ण सभासद्हरूमा पर्न गएको असुविधा तथा कठिनाई प्रति क्षमा माग्दै पुनः एकपल्ट उपस्थित सम्पूर्णलाई स्वागत अभिवादन गर्दै मेरो मन्तव्यलाई यहीँ अन्त गर्दछु ।

धन्यवाद !

२०७८।०८।१४

Thuprai - Books and E-books