After SEE Portal

मध्यपश्चिमाञ्चल विश्वविद्यालय र चाइना थ्री गोर्जेस विश्वविद्यालय बिच पाँच वर्से सम्झौता

Bridge Course

मध्यपश्चिमाञ्चल विश्वविद्यालय र चाइना थ्री गोर्जेस विश्वविद्यालय, चीन बिच पाँच वर्से सम्झौता भएको छ । दुवै विश्वविद्यालय बिच शैक्षिक सहकार्य तथा विभिन्न परियोजना संयुक्त रुपमा सञ्चालन गर्ने गरी सम्झौता गरिएको हो ।

दुई विश्वविद्यालय बिच गत माघ १६ गते दुइ पक्षीय सम्झौता सम्पन्न भएको हो । सो सम्झौता पत्रमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका तर्फबाट उपकुलपति प्राडा नन्दबहादुर सिंह र चाइना थ्री गोर्जेस विश्वविद्यालय तर्फबाट प्रिजिडेन्ट प्रा ही वेइजुनद्वारा सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

अन्तरराष्ट्रिय सम्बन्ध कायम गर्न तथा दुई विश्वविद्यालय बीच आपसी समझदारी र शैक्षिक सहकार्य स्थापना गर्ने सो सम्झौता पत्रको मुख्य उद्देश्य सहित सम्झौता गरिएको उपकुलपति सिंहले जानकारी दिए ।

सो सम्झौतापछि दुवै देशको कानुन र सम्झौता परिधिमा रही विश्वविद्यालय अन्तर्गतका संकाय, स्कुल वा संस्थाले एक आपसमा समझदारी गरी विभिन्न परियोजनाहरु संचालन गरिने उल्लेख गरिएको छ ।

सम्झौता पश्चात दुइ विश्वविद्यालय बिच प्राध्यापक, शोधकर्ता, प्रशासनिक कर्मचारी तथा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरु आदानप्रदान हुने भएका छन् । दुइटै विश्वविद्यालयले सामुहिक रुपमा अनुसन्धान सम्बन्धित परियोजना सञ्चालन गरिने सो सम्झौतामा उल्लेख गरिएको छ । त्यसैगरी शैक्षिक जानकारी तथा सामग्रीहरु आदानप्रदान गरिने उल्लेख गरिएको छ ।

दुइ विश्वविद्यालय बिच भएको यस सम्झौताको अवधि सम्झौता मितिदेखि पाँच बर्षको रहनेछ । त्यस पश्चात स्वतः नवीकरण हुनेछ साथै आपसी समझदारी र छलफल पश्चात लिखित रुपमा सम्झौता संसोधन गर्न सकिने व्यवस्था सम्झौतामा उल्लेख गरिएको छ ।

चाइना थ्री गोर्जेस विश्वविद्यालय हाइड्रोइलेक्ट्रिक इञ्जिनियरिङ्ग र इलेक्ट्रिकल इञ्जिनियरिङ्ग विषयका लागि प्रख्यात छ भने स्वास्थ्य, संचार तथा कम्प्युटर प्रविधि, स्पोर्ट्स, अर्थशास्त्र, व्यवस्थापन लगायतका विषयहरु पढाइ हुने चीनकै एक अग्रिणी तथा प्रख्यात विश्वविद्यालय हो । यस सहकार्य पश्चात मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा कार्यरत प्राध्यापक, शोधकर्ता, कर्मचारी तथा अध्यनरत विद्यार्थीहरुले प्रत्यक्ष शैक्षिक लाभ लिनसक्ने विश्वास गरिएको छ ।

A Levels MA
Thuprai - Books and E-books