After SEE Portal

जुम्लाका पाँच विद्यालयका विद्यार्थीलाई स्वास्थ्योपचार सेवा

Bridge Course

सिञ्जा, ४ असार ( रासस): जुम्लाका पाँच विद्यालयका दुई हजार ५४० विद्यार्थीले स्वास्थ्योपचार सेवा पाएका छन् । 

कर्णाली मावि अनामनगर, चन्दननाथ नमूना मावि खलङ्गा बजार, रत्नचुण्डेश्वर मावि बोहोरागाउँ, जनता प्राविधिक मावि महतगाउँ र जनज्योति मावि बारकोटे वाडाका विद्यार्थीले क्षयरोग र मुटुरोग सम्बन्धी उपचार पाएको कर्णाली माविका प्रधानाध्यापक मीनराज शर्माले जानकारी दिनुभयो ।

तीमध्ये चार विद्यार्थीलाई शल्यक्रिया गर्नुपर्ने, छ जनाले सामान्य औषधि खानुपर्ने र १० मुटुरोग भएकाहरुलाई छालाको उपचार र शल्यक्रिया गर्नुपर्ने देखिएको बताइएको छ । 

छ जना बाथ मुटुरोग र १४ जनामा जन्मजात मुटुरोगको समस्या देखिएको उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताएका छन् । 

नेपाल क्षयरोग निवारण प्रतिष्ठान जिल्ला शाखा जुम्लाको आयोजना र नेपाल क्षयरोग निवारण प्रतिष्ठानको प्राविधिक सहयोगमा चन्दननाथ नगरपालिकाभित्रका माध्यमिक विद्यालयमा अध्ययनरत छात्राछात्रको मुटुको जाँच गरिएको हो ।

A Levels MA
Thuprai - Books and E-books