After SEE Portal

पहिलो छविलाल गजुरेल रसायनशास्त्र पुरस्कार डा शर्मालाई

Bridge Course

पहिलो ‘प्राडा छविलाल गजुरेल रसायनशास्त्र पुरस्कार’ डा खगराज शर्मालाई प्रदान गरिएको छ । त्रिभुवन विश्वविद्यालय, रसायनशास्त्र केन्द्रीय विभागको ५६ औ स्थापना दिवसको अवसरमा सो पुरस्कार आज प्रदान गरिएको हो ।

डा शर्माले २३ वर्ष अघिदेखि निरन्तर औषधीजन्य वनस्पतिको रसायनमा आधारित अनुसन्धानमा गरेको योगदानको कदर गर्दै विभागले पुरस्कार प्रदान गरेको हो ।

सो पुरस्कारका लागि छनोट समितिमा जम्मा ६ जनाको आवेदन परेको थियो । आवेदकहरुको योगदान तथा अनुसन्धानलाई आधार मानेर छनोट समितिले सो पुरस्कार डा शर्मालाई प्रदान गर्ने निर्णय गरेको पुरस्कार मूल्याङ्कन समितिका अध्यक्ष प्राडा रामचन्द्र वस्नेतले बताए । ‘शर्माले गरेका अनुसन्धानहरु औषधीजन्य वनस्पतिको रसायनमा आधारित छन् ।’ उनले भने, ‘ अन्य विधाको अनुसन्धानलाई भन्दा औषधीजन्य वनस्पतिको रसायनमा आधारित अर्ग्यानिक केमेस्ट्रीको अनुसन्धानलाई पुरस्कारको लागि छनोट गरिएको हो ।’

प्राडा छविलाल गजुरेलले रसायनशास्त्रका प्राध्यापकहरुको योगदानलाई कदर गर्दै पुरस्कार प्रदान गर्ने उद्देश्यले विंस २०७६ सालमा यो पुरस्कार लागि अक्षयकोषको स्थापना गरेका थिए । त्रिवि कार्यकारिणीबाट स्वीकृत प्राप्त गरी गत साल उक्त अक्षयकोष खडा गरिएको हो । प्राडा गजुरेल र त्रिवि, रसायनशास्त्र केन्द्रीय विभाग विच पुरस्कार कोष सञ्चालन र व्यवस्थापन गर्ने सम्बन्धमा भएको सम्झौता अनुसार रू.सात लाखको अक्षयकोष खडा गरिएको थियो ।

सो रकमको व्याजबाट नेपालमा रसायनशास्त्रको अनुसन्धानमा योगदान पुर्याउने व्यक्ति वा संस्थालाई प्रतिवर्ष ५० हजार रुपियाँ राशिको पुरस्कार प्रदान गरिने घोषणा अनुरुप डा शर्माले पहिलो पुरस्कार हात पारेका हुन् ।

आगामी वर्ष त्रिवि, रसायनशास्त्र केन्द्रीय विभाग स्थापना भएकै दिन एकजालाई निरन्तर पुरस्कार प्रदान गरिने शिक्षाध्यक्ष प्राडा शिवलाल भुसाल बताए । आज आयोजित एक कार्यक्रमका बिच प्राडा शिक्षाध्यक्ष भुसालले डा शार्मालाई सो पुरस्कार प्रदान गरेका हुन् ।

प्राडा गजुरेलले विंस २०२० साल वाट त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन सुरु गरी विंस २०५९ सालमा सेवा निवृत्त हुनु भएको थियो । संयुक्तराज्य अमेरिकावाट विंस २०२९ सालमा रसायनशास्त्रमा पिएचडी गरी त्रिविमा विंस २०३४ सालमा प्राध्यापक हुने  पहिलो नेपाली हुन् ।

उक्त कार्यक्रममा विधार्थी तर्फ स्नाकोत्तर कार्यक्रममा उकृष्ट अंक ल्याउने छात्रा–छात्र विवेकराज भटराई, सृष्टी श्रेष्ठ, रसना महर्जनलाई पुरस्कृत भएका थिए ।

A Levels MA