After SEE Portal

धुम्रबराह माध्यमिक विद्यालय नेपालको पहिलो ‘बालमैत्री विद्यालय’

Bridge Course

काठमाडौँ महानगरपालिका–४ स्थित रहेको धुम्रबराह माध्यमिक विद्यालयलाई ‘बालमैत्री विद्यालय’ घोषणा गरिएको छ । धुम्बाराहीमा रहेको उक्त विद्यालयलाई हिजो शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपालको पहिलो ‘बालमैत्री विद्यालय’ घोषणा गर्नुभयो ।


कार्यक्रममा शिक्षामन्त्री पोखरेलले बालबालिकालाई गुणस्तर र प्रविधियुक्त शिक्षा प्रदान गर्नुपर्ने बताउनुभयो । “बालबालिकाको पहिलो विद्यालय घर हो, बालबालिकाले घरमा राम्रो शिक्षा पाएनन् भने विद्यालयमा जतिसुकै राम्रो शिक्षा पाएपनि उसले कहिल्यै राम्रो शिक्षा पाउन सक्दैन”, उहाँले भन्नुभयो ।

मन्त्री पोखरेलले बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्न सरकार लागेको बताउँदै घरमा राम्रो वातावरण प्रदान गर्न अभिभावकलाई आग्रहसमेत गर्नुभयो । काठमाडौँ महानगरपालिका–४ का अध्यक्ष मोहनबहादुर विष्टले गुणस्तरीय शिक्षाका लागि नगरपालिकाले सरकारी विद्यालयसँग समन्वय गरेर अगाडि बढ्ने उल्लेख गर्नुभयो ।

A Levels MA