म्याग्दीका इन्जिनियर र सव-इन्जिनियर विरुद्ध मुद्दा दायर

विद्यालयको भवन निर्माणका क्रममा गैर कानुनी तरिकाले रकम असुली गर्ने इन्जिनियर र सव-इन्जिनियरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गराएको छ ।

म्याग्दीको धवलागिरी गाउँपालिका-३ स्थित श्री सूर्य ज्योति आधारभूत विद्यालयको भवन निर्माणमा जिल्ला शिक्षा कार्यालय म्याग्दीका इन्जिनियर श्रीकृष्ण खनाल र सव-इन्जिनियर प्रमोदकुमार उप्रेतीले अनुचित रकम असुलेको प्रमाणित भएकाले अख्तियारले मुद्दा दर्ता गराएको हो ।

अख्तियारको अनुसन्धानका क्रममा  तत्कालीन इन्जिनियर  र सव-इन्जिनियरले विभिन्न बहानामा पटकपटक गरी विद्यालयसँग रकम लिएको  पुष्टि भएकाले मुद्दा दर्ता गराएको हो ।

अभियुक्त द्वोय ले विद्यालयसंग विभिन्न शीर्षकमा रु। ७० हजार  फिर्ता गरेको, पहिले कुनै बहानामा लिइसकेको रकम पछि कारवाहीबाट बच्नसक्ने दुषित मनसायले फिर्ता गरेको देखिंदा राष्ट्रसेवक कर्मचारीहरुले गरेको कार्य र प्रचलित कानूनी व्यवस्था विश्लेषण गर्दा शिक्षा विकास तथा समन्वय इकाई बेनी म्याग्दीमा कार्यरत निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ( १ ) को कसुर गरेको स९प्रमाण पुष्टि हुन आएकोले निजहरुलाई  घुसररिसवत लिएको बिगो रु। ७०,हजार  कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१)  तथा दफा ३ को उपदफा ( १) को खण्ड ( ग ) बमोजिम सजाय हुन मागसहित मुद्दा दर्ता गराएको अख्तियारले जानकारी दियो  ।

Thuprai - Books and E-books