After SEE Portal

परीक्षामा अमर्यादित काम गर्ने विरुद्ध मुद्दा दायर

Bridge Course

परीक्षामा अमर्यादित कार्य गर्ने तीन जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गराएको छ । 

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को परीक्षा कार्यक्रम अनुसार कर्णाली प्राविधिक शिक्षालयमा सञ्चालित कृषि तर्फको डिप्लोमा आईएसी एजी प्रथम वर्षको बाह्य परीक्षामा अमर्यादित कार्य गर्ने गंगाराज शाही, टंकप्रसाद चौलागाई र निरीक्षक चन्द्रसिंह खत्री विरुद्ध अख्तियारले मुद्दा दर्ता गराएको हो ।

अङ्ग्रेजी विषय बाहेक अन्य सबै विषयको उत्तरपुस्तिका परीक्षा हल बाहिर लेख्न लगाई परीक्षाको मर्यदा भंग गरेको हुनाले तीनै जना विरुद्ध मुद्दा दर्ता गराएको आयोगका प्रवत्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

A Levels MA
Thuprai - Books and E-books