CMAT

छात्रामैत्री शौचालय नहुँदा छात्रा विद्यालय जाँदैनन्

Bachelors Portal

नेपालगञ्ज, २० मङ्सिर (रासस) ः नेपालगञ्ज उपमहानगरपालिकाअन्तर्गत सञ्चालित अधिकांश सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रा महीनावारीको समयमा विद्यालय जाँदैनन् । 

विद्यालयमा छात्रामैत्री शौचालय नहुनु र सरसफाइका लागि पानी अभाव हुने गरेका कारण छात्रा चाहेर पनि विद्यालय जान नसकेका हुन् । चाहेर पनि विद्यालय जान नसक्ने बाध्यताका कारण उनीहरुको अध्ययन प्रभावित हुने गर्छ भने मानसिक पीडाले पनि छात्रालाई पिरोल्ने गर्दछ । 

“विद्यालयको शौचालय अत्यन्त फोहर हुने गर्छ, प्याड फाल्ने स्थान र सरसफाइका लागि पानी अभाव हुने भएकाले महीनावारी भएका बेला चाहेर पनि विद्यालय जान सकिँदैन”, कक्षा १० मा अध्ययनरत छात्रा श्वेता कनौजियाको भनाइ छ । 

नेपालगञ्ज उपमहानगरपालिकामा कूल ४३ सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्राको सङ्ख्या पाँच हजार ७७६ रहेको छ । यहाँका केही सामुदायिक विद्यालयमा अहिले छात्रामैत्री शौचालय निर्माण भइरहेका छन् । तर, अझै थुप्रै विद्यालयमा छात्रामैत्री शौचालय निर्माण हुनसकेको छै्रन । नेपालगञ्ज उपमहानगरपालिकाले पञ्चवर्षीय परियोजनाअन्तर्गत नगरका सामुदायिक विद्यालयमा छात्रामैत्री शौचालय निर्माण गर्ने योजना बनाएको शिक्षा शाखा प्रमुख मनप्रसाद रेग्मीले बताउनुभयो । 

विशेषतः कक्षा ६ देखि १० सम्मका छात्रालाई सेनेटरी प्याड र छात्रामैत्री शौचालय विद्यालयमा नहुँदा उनीहरुको पठनपाठन प्रभावित हुने गरेको शिक्षिका मोहिनी योगीले बताउनुभयो । 

Thuprai - Books and E-books
I Tech store