After SEE Portal

२०७८ मा लिइने शुल्क वैशाख १५ गतेभित्र निर्धारण गरिसक्नु पर्ने

Bridge Course

काठमाडौं महानगरपालिकामा सञ्चालित संस्थागत विद्यालयलहरुले शैक्षिक सत्र २०७८ मा लिने शुल्कको विवरण आगामी वैशाख १५ गते भित्र महानगरको शिक्षा विभागमा बुझाइ सक्नु पर्ने भएको छ ।

विद्यालयलेशुल्क निर्धारण गर्दा विद्यालय व्यवस्थापन समितिले बार्षिक कार्यक्रम बनाई संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका २०७२ ले निर्धारण गरेको मापदण्ड अनुरुप निर्धारण गर्नुपर्ने भएको हो ।

महानगरले निर्देशिका अनुसार शुल्क निर्धारण गरी समय सीमा भित्र विवरण बुझाउन सबै विद्यालयलाई सूचित गरेको छ । महानगरले जारी गरेको सूचनामा हरेक विद्यालयले निर्देशिकाले तोकेको शर्त र बन्देज पालना गर्ने गरी समयसीमा भित्र रहेर प्रस्ताव पेश गर्न निर्देशन दिएको छ ।

महानगरभित्र छ सय ४५ निजी विद्यालय सञ्चालनमा छन् । हरेक विद्यालयले मनमौजी तरिकाले शुल्क लिने गरेकाले यसलाई नियमन गर्न निर्देशिकाले व्यवस्था गरेको मापदण्ड अनुसार शुल्क निर्धारण गर्न निर्देशन दिइएको महानगर शिक्षा विभागले जानकारी दियो ।

निर्देशिकाले प्रत्येक विद्यालयले वार्षिक कार्यक्रम तथा बजेटमा नै शुल्क निर्धारणको आधार तयार गर्नुपर्ने स्पष्ट व्यवस्था गरेको छ । सो निर्देशिकाले विद्यार्थीबाट लिएको शुल्कले शिक्षक कर्मचारीको तलब, छात्रवृत्ति, घरभाडा बैंक कर्जा, लगानी प्रतिफलको आंकलन गरेर शुल्क निर्धारण गर्नु पर्ने व्यवस्था गरेको छ ।

संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका २०७२

A Levels MA
Thuprai - Books and E-books