After SEE Portal

विद्यार्थीको दवावपछि त्रिचन्द्रमा शुल्क वृद्धि फिर्ता

Bridge Course

विद्यार्थीहरूको दवावपछि त्रिचन्द्र क्याम्पसले बढाएको शुल्क पुनः यथावत कायम गरेको छ ।

क्याम्पस प्रशासनले एकाएक ११० प्रतिशत शुल्क बृद्धि गरेपछि विद्यार्थीहरू आन्दोलनमा उत्रिएका थिए । विद्यार्थीको दवावका कारण प्रशासनले बृद्धि गरेको शुल्क फिर्ता गरेको हो ।

आगामी शैक्षिक सत्रदेखि लागु हुने गरी गरिएको शुल्क बृद्धिको निर्णय क्याम्पसले अर्को निर्णय नभएसम्मका लागि फिर्ता लिएको हो । प्रशासनले शुल्क बृद्धि गर्नासाथ विद्यार्थीहरू आन्दोलनमा उत्रिएका थिए ।

विद्यार्थीको आन्दोलनले हिंसात्मक रुपलिएपछि प्रशासनले बाध्य भएर शुल्क फिर्ता गरेको सहायक क्याम्पस प्रमुख जनक ढुंगानाले जानकारी दिए । उनका अनुसार शुल्क समायोजन सन्दर्भमा कमिटी गठन गरेर पुनः निर्णय गरिनेछ । 

त्रिचन्द्र क्याम्पस नौ करोड रुपियाँ घाटामा गएको भन्दै क्याम्पस प्रशासनले शिक्षण शुल्क बृद्धि गरेको थियो । क्याम्पसले १२ वर्षसम्म एउटै शुल्कमा पढाउँदै आएको भन्दै गत मंसिरमा शुल्क समायोजन भन्दै शुल्क बृद्धि गरेकोे थियो ।

प्रशासनले शुल्क बृद्धि गरेपछि विद्यार्थीहरूले हप्तादिनसम्म आन्दोलन गरेका थिए । आन्दोलनका क्रममा क्याम्पस प्रमुख प्रदीपबहादुर न्यौपाने माथि हातपात समेत गरेका थिए ।

विद्यार्थी नेता सञ्जिव धितालले मनोमानी ढंगले शुल्क बृद्धि गरेका कारण आफूहरूले बाध्य भएर आन्दोलन गरेको बताए । देशकै सबैभन्दा पुरानो शैक्षिक संस्था त्रिचन्द्रले विज्ञान र मानविकी संकायतर्फको शिक्षण शुल्क बढाएको थियो ।

क्याम्पसले गत वर्ष १ करोड ६४ लाख रुपियाँ घाटा बेहोरेको छ । लामो समयदेखि शुल्क समायोजन नहुँदा विद्यार्थीबाट उठेको अधिकांश रकम करारका शिक्षकको तलबमा खर्च भएपछि शुल्क वृद्धि गरिएको क्याम्पसले जानकारी दियो । हाल त्रिचन्द्र क्याम्पसमा १४ हजार विद्यार्थी अध्ययनरत छन् । 

A Levels MA
Thuprai - Books and E-books