A Levels MA

लुम्बिनी इञ्जिनीयरिङ कलेजमा आमरण अनशन

खस्यौली, २१ मङ्सिर (रासस) ः रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको लुम्बिनी इञ्जिनीयरिङ कलेजमा आजदेखि आमरण अनशन शुरु गरिएको छ । 

विभिन्न माग राखेर तीन दिनअघि क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका विद्यार्थीले माग पूरा नभएको भन्दै आमरण अनशन शुरु गरिएको अनेरास्ववियुका कलेज अध्यक्ष सुझाव पौडेलले जानकारी दिनुभयो । उहाँले क्याम्पस प्रशासनले आफूहरुलाई वार्तामा नबोलाएको उल्लेख गर्दै माग पूरा नभएसम्म अनशन जारी राख्ने बताउनुभयो । अनशनमा अध्यक्ष पौडेल र उपाध्यक्ष प्रदीप पन्त रहनुभएको छ । विद्यार्थीले यातायात शुल्क कटौतीलगायतका माग गरेका छन् । 

कलेजका प्रमुख शिवराज बरालले यातायात शुल्क कटौती गर्न समय माग भएको उल्लेख गर्दै त्यसको लागि बोर्डले निर्णय गर्ने जानकारी दिनुभयो । उहाँले विद्यार्थीका अधिकांश माग पूरा भएका जिकिर गर्दै आमरण अनशनको विषयमा क्याम्पसलाई पूर्व जानकारी नभएको बताउनुभयो । 

Thuprai - Books and E-books