After SEE Portal

अस्थायी सिकाइ केन्द्रबाट सहजीकरण सुरु

Bridge Course

डडेल्धुराका अधिकांश विद्यालयले वैकल्पिक सिकाई केन्द्रमार्फत सिकाइ सहजीकरण सञ्चालन गर्न सुरु गरेका छन् । जिल्लाका केही विद्यालयले आफ्नो सेवा क्षेत्रभित्र पर्ने टोलबस्तीमा अस्थायी सिकाइ केन्द्र निर्माण गरी सिकाइ सहजीकरण क्रियाकलाप सुरु गरेका हुन् ।

चालु शैक्षिकसत्रको आधाभन्दा बढीसमय सकिन लाग्दा शिक्षक, विद्यालय व्यवस्थापन समिति र अभिभावकसंग गरिएको छलफलपछि विद्यालयले अस्थायी सिकाई केन्द्र मार्फत बालबालिकाहरूका लागि सिकाइ सहजीकरण सुरु गरिएको उग्रतारा माध्यमिक विद्यालयका प्रधानाध्यापक चन्दबहादुर शाहूले बताए ।

विगत सात महिनासम्म विद्यार्थीहरू विद्यालयमा आउन नपाएको, घरमा पनि पढ्ने वातावरण नभएको र वैकल्पिक शिक्षाका माध्यममा विद्यार्थीको पहुँच नहुनाले बालबालिकाको पढाइमा समस्या देखिएको महेन्द्र माध्यमिक विद्यालयका शिक्षक प्रज्ज्वल भट्टले जानकारी दिए ।

‘विद्यार्थीहरूमा पढाइको चिन्ताभन्दा कोरोनाको त्रासले यस्ता केन्द्रमा कमै मात्र विद्यार्थी आउने गरेका छन् ।’ उनले भने, ‘सिकाइ केन्द्रमा हामीले पूर्ण स्वास्थ्य सुरक्षाका उपाय अपनाएर सहजीकरण क्रियाकलाप गर्ने गरेका छौं ।’

A Levels MA
Thuprai - Books and E-books