After SEE Portal

डिप्लोमा तथा प्रमाणपत्र तहका कार्यक्रमहरूमा रजिस्ट्रेसन फाराम भर्ने म्याद थप

Bridge Course

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् परीक्षा नियन्त्रण कार्यालयले शैक्षिक सत्र २०८०–०८१ का लागि डिप्लोमा र प्रमाणपत्र तहका कार्यक्रमहरूमा रजिस्ट्रेसन फाराम भर्ने म्याद संशोधन गरेको छ ।

रजिस्ट्रेसन फारम भर्नेसमयम नियमित शुल्कमा मंसिर ५ गतेसम्म र विलम्ब शुल्कमा मंसिर १३ गतेसम्म थप हुने गरी समय संशोधन गरेको छ ।

डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण तथा भर्ना सम्बन्धी निर्देशिका, २०८० का विभिन्न दफाहरूमा र अनुसूची ७ शैक्षिक कार्य तालिकामा र परीक्षा नियन्त्रण कार्यालयको असार २८ र २९ गते र भदौ २७ गते प्रकाशित सूचनाका सर्त अनुसार भर्ना प्रक्रिया र रजिस्ट्रेसनको समयावधि असोज मसान्तसम्म तोकिएकोमा संशोधन गरेको छ ।

परिषद् कार्यालयबाट शैक्षिक सत्र २०८०–०८१ का लागि डिप्लोमा तथा प्रमाणपत्र तहका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने गरी थप सम्बन्धनर स्वीकृत भएका संस्था र कार्यक्रमहरू थप भएको हुनाले समय थप गरेको परिषदले जानकारी दिए ।

A Levels MA