A Levels MA

५१ जिल्ला साक्षर, ११ अर्व खर्च

सरकारले २०७७ सालसम्म पूर्ण साक्षरता जिल्ला घोषणा गर्ने लक्ष्य लिएको छ । २०६५ सालबाट साक्षरता जिल्ला घोषणा गर्ने कार्यक्रम सुरु भएको थियो । तर, सो कार्यक्रम प्रभाबकारी तरीकाले अघि बढ्न सकेको छैन । 

शिक्षा तथा विज्ञान प्रबिधी मन्त्रालयका अनसार हालसम्म ५१ वटा जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गरीसकेको छ । अझै २५ जिल्ला पूर्ण साक्षर हुन बाँकि छ । मन्त्रालयका अनुसार साक्षरता अभियानलाई अघि बढाउन हालसम्म ११ अर्व रुपैंया खर्च भएको छ । सरकारले हाल साक्षरता जिल्ला घोषणा गर्न बाँकि जिल्लाहरुमा साक्षरता अभियान सञ्चालन गर्दै आएको छ । सरकारले साक्षरताका आधारहरुको ढाँचा समेत तयार पारेको थियो । 

साक्षरताका आधारहरु के के हुन् त ? 

– राष्ट्रभाषा वा मातृभाषाका वर्णरसाक्षरको पढाइ र लेखाइ

– आफ्नो र परिवारका सदस्यको नाम, उमेर लेखाइ र पढाइ

– मोबाइल र क्याल्कुलेटरका अङक र अक्षर चिनेर प्रयोग गर्ने

–नेपाली वा मातृभाषामा लेखिएका मूल्यसूची र बिलको पढाइ

–लेनदेनका हरहिसाब राख्न

– शुन्य देखि नौ सम्मका अङ्क अक्षरमा लेखाइ

–एक देखि एकसयसम्म गणना

–सरल चित्र, पोस्टर, साइनबोर्ड र ट्राफिक सङ्केत पढाइ र बुझाइ

–घडी हेरेर समय भन्न, भित्तेपात्रो हेरेर तिथिमिति बताउन

–एकजना साक्षरले अर्को निरक्षरलाई सिकाउने

– समूहमा आबद्ध निरक्षरलाई समूहबाटै साक्षर गराउने

Thuprai - Books and E-books