After SEE Portal

कक्षा १२ को नियमित ग्रेड वृद्धि तथा कक्षा ११ को ग्रेड वृद्धि परीक्षाको आवेदन माग

Bridge Course

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नियमित ग्रेड वृद्धि तथा कक्षा ११ को ग्रेड वृद्धि परीक्षार्थीहरूको परीक्षा आवेदन माग गरेको छ  ।

२०८१ सालमा सञ्चालन गरिने कक्षा ११ को ग्रेड वृद्धि र कक्षा १२ को वार्षिक परीक्षामा सहभागी हुने नियमित र ग्रेड वृद्धि तर्फका (रजिस्ट्रेसन नम्बरका सुरुका दुई अङ्क ७६ र ७७ भएका परीक्षार्थीहरूका लागि अन्तिम एक पटकका लागि मात्र) परीक्षार्थीहरूले २०८० साल माघ मसान्तभित्र नियमित शुल्कमा र फागुन १५ गतेसम्म विलम्ब शुल्कमा आवेदन माग गरेको हो ।

सम्बन्धित विद्यालय र क्याम्पसहरूले विद्यार्थीहरूले भरेको फाराम सङ्कलन गरी रकम बुझाएको बैंक भौचर र डिजिटल भुक्तानी गरेको अवस्थामा सोको प्रमाण सहित २०८० फागुन २१ गतेभित्र राष्ट्रिय परीक्षा बोर्डका सम्बन्धित कार्यालयमा आवेदन फाराम बुझाउन सूचित गरेको छ ।

कक्षा १२ को नियमित परीक्षार्थीका रूपमा आवेदन फाराम भर्ने विद्यार्थीहरू -रजिस्ट्रेसन नम्बरको सुरुका दुई अङ्क ८० भएकाले २०८० सालमा विद्यालय मार्फत लिइएको कक्षा ११ का सम्पूर्ण विषयमा सैद्धान्तिकतर्फ न्यूनतम D एवं आन्तरिक मूल्याङ्कन / प्रयोगात्मकतर्फ C ग्रेड प्राप्त गरेको हुनुपर्नेछ । परीक्षा आवेदन फारामका साथ विद्यालयबाट प्रदान गरिएको (तोकिएको न्यूनतम ग्रेड प्राप्त गरेको) कक्षा ११ को ग्रेडसिट प्र.अ. बाट प्रमाणित गराई अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ ।

परीक्षा आवेदन शुल्क ( विलम्ब शुल्क रहित) प्रति विद्यार्थी रु. ६००/- (छ सय) वा विलम्ब शुल्क सहित प्रति विद्यार्थी रु. १,२००/- (एक हजार दुई सय) राष्ट्रिय परीक्षा बोर्डको खातामा दाखिला गर्नुपर्ने सूचनामा उल्लेख छ ।

बोर्डद्वारा बाह्य परीक्षक खटाई प्रयोगात्मक परीक्षा लिइने प्रयोगात्मक परीक्षाका लागि विद्यार्थीले प्रति विषय रु. ७५/- (पचहत्तर) थप बुझाउनुपर्नेछ। प्रयोगात्मक बापत शुल्क बुझाउनुपर्ने विषयहरू बुँदा नं. ६ मा उल्लेख गरिएको छ । प्रयोगात्मक शुल्क रु. ७५५- (पचहत्तर) मध्ये प्रति विषय रु. २५/- ( पच्चीस) का दरले हुने रकम सम्बन्धित विद्यालयमा नै राखी आन्तरिक परीक्षकको पारिश्रमिक बापत उपलब्ध गराउनुपर्ने एवं बाँकी प्रति विषय रु.५०/- (पचास) का दरले हुने रकमको बैंक भौचर राष्ट्रिय परीक्षा बोर्डको सम्बन्धित कार्यालयको नाममा २०८० माघ मसान्तभित्र दाखिला गर्नुपर्ने सूचनामा उल्लेख छ ।

नियमित र ग्रेड वृद्धि दुवै समूहका विद्यार्थीहरूले तोकिएकै परीक्षा केन्द्रबाट परीक्षा दिनुपर्नेछ । परीक्षा केन्द्र परिवर्तन नहुने सूचनामा उल्लेख छ । 

कक्षा १२ मा अध्यापन हुने Physics (1022/9132), Biology (2022/9102), Chemistry (3022/9112), Computer Science (4282/9152) र Hotel Management (4402) विषयको बाह्य परीक्षक बोर्डका सम्बन्धित कार्यालयद्वारा नियुक्त गरी प्रयोगात्मक परीक्षा सञ्चालन गरिनेछ । उक्त परीक्षाको समय तालिका सम्बन्धमा सम्बन्धित विद्यालयका प्रधानाध्यापकले राष्ट्रिय परीक्षा बोर्डको सम्बन्धित कार्यालयसँग समन्वय गरी २०८० चैत मसान्तभित्र तय गर्नुपर्नेछ तथा उक्त प्रयोगात्मक परीक्षा २०६१ वैशाख मसान्तभित्र सम्पन्न गरी विद्यार्थीको प्राप्ताङ्क Online entry समेत गरी hardcopy र softcopy २०८१ जेठ ७ गतेभित्र बोर्डका सम्बन्धित कार्यालयमा बुझाउनुपर्ने उल्लेख छ ।  अन्य विषयहरूको प्रयोगात्मक / आन्तरिक परीक्षा २०८१ वैशाख १५ गतेभित्र सम्पन्न गरी सोको प्राप्ताङ्क समेत २०८१ जेठ ७ गतेभित्र बोर्डका सम्बन्धित कार्यालयमा बुझाउनुपर्नेछ एवं ती विषयहरूका लागि आन्तरिक तथा बाह्य परीक्षकको व्यवस्था विद्यालय स्वयंले गर्नुपर्नेछ । तोकिएको समयभित्र प्राप्त नभएका प्राप्ताङ्क उपर कुनै कारवाही गरिनेछैन ।

ग्रेड वृद्धि परीक्षार्थीका रूपमा सहभागी हुने परीक्षार्थीहरूले आफू कक्षा १२ को नियमित परीक्षामा जुन विद्यालयबाट आवेदन फाराम भरी परीक्षा दिएको हो सोही विद्यालयबाट मात्र आवेदन फाराम भर्नु / भराउनुपर्नेछ । अन्य विद्यालयबाट भरे/ भराएको पाइएमा उक्त परीक्षा आवेदन फाराम रद्द गरिनेछ । ८ कक्षा ११ मा जुन विषय र समूहमा अध्ययन गरेको हो कक्षा १२ मा समेत सोही विषय र सोही समूहबाट मात्र आवेदन फाराम भर्नुपर्नेछ । सोभन्दा फरक विषय र समूहबाट विषय छनोट गरेमा उक्त विषय स्वतः रद्द हुनेउल्लेख छ । 

 

A Levels MA
Thuprai - Books and E-books