शिक्षा विधेयकका बारेमा पूर्वसचिवको सुझाव

संसद् अधिवेसन चालु भएपछि विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका बारेमा व्यापक छलफल हुने छ । यसै सन्दर्भमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका एक जना पूर्वसचिवले आफ्ना धारणा लेखेर पठाएका छन् । पदीय मर्यादाका कारण उनले आफ्नो नाम सार्वजनिक नगरिदिन अनुरोध गर्दै यसलाई सार्वजनिक गरिदिन अनुरोध गरेका छन् । विधेयकका बारेमा उनको धारणा प्रस्तुत गरिएको छः

विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकृत गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा संशोधन गर्नुपर्ने विषय

क्र.सं.

दफा, उपदफा

विधेयकको व्यवस्था

संशोधित व्यवस्था

पुष्ट्याइ

२ (ग)

(ग) “अभिभावक” भन्नाले विद्यालयमा अध्ययन गरिरहेका बालबालिकाको बाबु, आमा वा निजको संरक्षक वा माथवर सम्झनु पर्छ ।

(ग) “अभिभावक” भन्नाले विद्यालयमा अध्ययन गरिरहेका बालबालिकाको बाबु, आमा वा निजको संरक्षक वा माथवर सम्झनु पर्छ । सो शब्दले विद्यालयको भर्ना अभिलेखमा विद्यार्थीको अभिभावक भनी उल्लेख गरेको व्यक्तिलाई समेत जनाउँछ ।

अभिभावकको रूपमा भर्ना अभिलेखमा उल्लेख भएको हुने भएकाले कहिलेकाहीँ आमाबाबु भन्दा भिन्न व्यक्ति पनि हुने हुँदा ।

२ (झ)

“निःशुल्क शिक्षा” भन्नाले विद्यालयले विद्यार्थी वा निजको अभिभावकबाट कुनै पनि शीर्षकमा शुल्क नलिई दिइने शिक्षा सम्झनु पर्छ ।

“निःशुल्क शिक्षा” भन्नाले विद्यालय वा शैक्षिक संस्थाले विद्यार्थी वा निजको अभिभावकबाट कुनै पनि शीर्षकमा कुनै पनि शुल्क असुल नगरी दिइने शिक्षा सम्झनु पर्छ ।

अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ को परिभाषासँग मिलाउँदा ।

२ (ञ)

“निजी लगानीका विद्यालय” भन्नाले निजी लगानीमा स्थापना वा सञ्चालन भएका विद्यालय सम्झनु पर्छ र सो शब्दले यो ऐन प्रारम्भ हुँदाका बखत सञ्चालनमा रहेका संस्थागत विद्यालयलाई समेत जनाउँछ ।

“निजी लगानीका विद्यालय” भन्नाले सरकारीस्तरबाट अनुदान नपाउने गरी निजी लगानीमा स्थापना वा सञ्चालन भएका र विद्यालय सम्झनु पर्छ र सो शब्दले यो ऐन प्रारम्भ हुँदाका बखत सञ्चालनमा रहेका संस्थागत विद्यालयलाई समेत जनाउँछ ।

सरकारीस्तरबाट अनुदान नपाउने स्पष्ट पार्दा ।

२ (ण)

“मन्त्रालय” भन्नाले नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सम्झनु पर्छ ।

“मन्त्रालय” भन्नाले नेपाल सरकारको शिक्षा विषय हेर्ने मन्त्रालय सम्झनु पर्छ

मन्त्रालयको नाम समय समयमा परिवर्तन भईरहने भएकाले ।

२ (म)

“शैक्षिक गुठी” भन्नाले कुनै व्यक्तिले नाफा नलिने गरी विद्यालय सञ्चालन गर्ने उद्देश्यले स्थापना गरेको सार्वजनिक वा निजी गुठी सम्झनु पर्छ ।

“शैक्षिक गुठी” भन्नाले कुनै व्यक्ति वा संस्थाले नाफा नलिने गरी विद्यालय सञ्चालन गर्ने उद्देश्यले स्थापना गरेको सार्वजनिक वा निजी गुठी सम्झनु पर्छ ।

विद्यालय व्यक्तिले मात्र नभई संस्थाले पनि सञ्चालन गर्ने भएकाले ।

माध्यमिक तहमा प्राविधिक शिक्षा, साधारण शिक्षा र परम्परागत शिक्षाका धार (स्ट्रिम) मा पढाइ हुन सक्नेछ ।

माध्यमिक तहमा प्राविधिक शिक्षा, साधारण शिक्षा, संस्कृत शिक्षा र परम्परागत शिक्षाका धार (स्ट्रिम) मा पढाइ हुन सक्नेछ ।

संस्कृत शिक्षा परम्परागत शिक्षाको धारभन्दा बेग्लै भएकाले (यो गुरुकुल शिक्षा होइन) ।

१२ ....

 

१२ (३) पछि १२ (४) थप गर्नेः १२ (४) यो ऐन प्रारम्भ भएपछि विद्यार्थी शिक्षक अनुपात १५ः१ भन्दा कम भएका विद्यालयहरू दुई वर्षभित्र स्थानीय तहको निर्णयानुसार नजिकको अर्को विद्यालयमा गाभिने छ ।

विद्यार्थी शिक्षक अनुपात न्यून भएका विद्यालय गाभी लगानीअनुसारको प्रतिफल लिनुपर्ने भएकाले ।

१६ (२)

(२) सार्वजनिक विद्यालयको प्रधानाध्यापकको छनोटका लागि जिल्ला स्थित शिक्षा कार्यालयको प्रमुख, सम्बन्धित स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत वा शिक्षा शाखाको प्रमुख र शिक्षा कार्यालयले तोकेको शिक्षाविद् रहेको एक छनोट समिति रहनेछ र छनोट समितिका सदस्य मध्ये वरिष्ठ कर्मचारीले छनोट समितिको संयोजक भई काम गर्नेछ ।

(२) सार्वजनिक विद्यालयको प्रधानाध्यापकको छनोटका लागि सम्बन्धित स्थानीय तहले जिल्लाभित्रका प्रतिष्ठित शिक्षाविद्को संयोजकत्वमा स्थानीय तहको उपप्रमुख र स्थानीय तहको शिक्षा शाखाको प्रमुख रहेको एक छनोट समिति रहनेछ र छनोट समितिमा शिक्षा शाखाको प्रमुखले सदस्यसचिव भई काम गर्नेछ ।

स्थानीय तहभित्रका प्रधानाध्यापक छनोटको जिम्मेवारी स्थानीय तहअन्तर्गत नै रहनुपर्ने भएकाले ।

२३ (२) (झ)

(झ) प्रशासकीय प्रमुख, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्– सदस्य

(झ) सदस्यसचिव, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्– सदस्य

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्मा प्रशासकीय प्रमुख नभई सदस्यसचिव हुने भएकाले ।

१०

२३ (२) (झ)

(झ)

२३ (३) (झ) लाई २३ (३) (ग) मा लैजाने ।

सदस्यसचिव विशिष्ट श्रेणीको हुने र मर्यादाक्रम मिलाउनुपर्ने भएकाले ।

११

२७ (१)

(१) माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा राष्ट्रिय परीक्षा बोर्डबाट र आधारभूत शिक्षा उत्तीर्ण परीक्षा स्थानीय तहबाट सञ्चालन हुने छ ।

(१) माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा राष्ट्रिय परीक्षा बोर्डबाट, माध्यमिक शिक्षा परीक्षा (एसइई) प्रदेश सरकारको शिक्षा हेर्ने मन्त्रालयबाट र आधारभूत शिक्षा उत्तीर्ण परीक्षा स्थानीय तहबाट सञ्चालन हुने छ ।

विद्यालय शिक्षामा माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा एक मात्र सार्वजनिक परीक्षा भएको र नेपालमा परीक्षामा आधारित पठनपाठन हुने भएकाले ।

१२

२७ (२)

(२) आधारभूत शिक्षा उत्तीर्ण परीक्षाको मूल विषयको प्रश्नपत्र सम्बन्धित शिक्षा कार्यालयले र ऐच्छिक विषयको प्रश्नपत्र स्थानीय तहले राष्ट्रिय मापदण्डको अधीनमा रही निर्माण गर्नेछ ।

(२) आधारभूत शिक्षा उत्तीर्ण परीक्षाकोे प्रश्नपत्र सम्बन्धित स्थानीय तहले राष्ट्रिय मापदण्डको अधीनमा रही निर्माण गर्नेछ ।

आधारभूत शिक्षा उत्तीर्ण परीक्षाको प्रश्नपत्र सम्बन्धित स्थानीय तह नै निर्माण गर्न सक्ने भएकाले ।

१३

२८ (२)

(ख) सचिव, मन्त्रालय– सदस्य

हटाउने

मन्त्रालयको सचिव राख्न उपयुक्त नभएको र मन्त्रालयबाट सहसचिवको प्रतिनिधित्व हुने भएकाले ।

१४

२८ (२)

(च) प्रशासकीय प्रमुख, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्– सदस्य

(च) सदस्यसचिव, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्– सदस्य

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्मा प्रशासकीय प्रमुख नभई सदस्यसचिव हुने भएकाले

१५

२८ (२)

(च)

(च) लाई २८ (२) (ख) मा लैजाने ।

सदस्यसचिव विशिष्ट श्रेणीको हुने र मर्यादाक्रम मिलाउनुपर्ने भएकाले ।

१६

२८ (२)

(ञ) नेपाल शिक्षा सेवाको राजपत्राङ्कित प्रथम श्रेणीको अधिकृत वा बोर्डको वरिष्ठतम् अधिकृतमध्येबाट मन्त्रालयले तोकेको अधिकृत–सदस्यसचिव

(ञ) बोर्डको वरिष्ठतम् अधिकृतमध्येबाट मन्त्रालयले तोकेको अधिकृत–सदस्यसचिव

सम्बनिधत संस्था परीक्षा बोर्डको वरिष्ठतम् अधिकृतलाई नै सदस्यसचिव बनाउनुपर्ने भएकाले ।

१७

२८ (४)

 

“४)” पछि “(५)” थप गरी अरू क्रमाङ्क मिलाउनेः “(५) बोर्ड अध्यक्ष र सदस्यसचिवको उमेर ६५ वर्ष नाघेपछि पद रिक्त हुनेछ ।”

सबै आयोगमा ६५ वर्ष उमेरलाई पद रिक्तको अवस्था मानेकाले ।

१८

४० (१)

(१) सार्वजनिक विद्यालयका माध्यमिक र आधारभूत तहका साधारण तथा विषयगत तर्फका शिक्षकलाई प्रथम, द्वितीय र तृतीय श्रेणीमा विभाजन गरिनेछ ।

(१) सार्वजनिक विद्यालयका माध्यमिक र आधारभूत तहका साधारण तथा विषयगत तर्फका शिक्षकलाई चौथो श्रेणीदेखि बाह्र श्रेणीमा विभाजन गरिनेछ ।

सार्वजनिक विद्यालयका शिक्षकलाई तहभन्दा श्रेणीमा विभाजन गरी वृत्ति विकासका अधिक अवसर दिनुपर्ने भएकाले ।

१९

४४ (१)

(ख) माध्यमिक तह प्रथम खुला प्रतियोगितामा ० र ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा ३०

(ख) माध्यमिक तह प्रथम खुला प्रतियोगितामा १० र ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा २०

यसलाई श्रेणीमा लगेपछि मिलाउनुपर्ने ।

२०

४४ (२)

(२) “शिक्षक सेवा आयोगबाट सञ्चालन हुने परीक्षामा”

(२) “शिक्षक सेवा आयोगबाट सञ्चालन हुने परीक्षामा” मा “परीक्षामा” शब्दभन्दा अगाडि “पहिलो” शब्द थप्ने ।

एकपटक मौका दिनुपर्ने भएकाले ।

२१

४४ (६)

(६) “द्वितीय श्रेणीको खुला तर्फको विज्ञापनमा”

(६) “द्वितीय श्रेणीको खुला तर्फको विज्ञापनमा” मा “विज्ञापनमा” शब्द अगाडि “पहिलो” शब्द थप्ने ।

एकपटक मौका दिनुपर्ने भएकाले ।

२२

४४ (८)

(८) “माध्यमिक तह द्वितीय श्रेणी” र “माध्यमिक तहको तृतीय श्रेणी वा सो सरहको शिक्षक पदमा पाँच वर्ष”

(८) माध्यमिक तह द्वितीय” मा “द्वितीय” शब्द अगाडि “प्रथम श्रेणी र” थप्ने र “माध्यमिक तह द्वितीय श्रेणीका लागि माध्यमिक तहको तृतीय श्रेणी वा सो सरहको शिक्षक पदमा पाँच वर्ष” पछाडि “प्रथम श्रेणीका लागि माध्यमिक तहको तृतीय वा द्वितीय श्रेणी वा सो सरहको शिक्षक पदमा सात वर्ष” थप्ने

माध्यमिक तह प्रथम श्रेणीमा पनि खुला प्रतियोगिताको अवसर दिनुपर्ने भएकाले । यसलाई श्रेणीमा लगेपछि मिलाउनुपर्ने ।

२३

५० (१) (ख)

“(ख) आधारभूत तहको साधारण शिक्षकको हकमा जुनसुकै विषयमा स्नातक तह तथा..”

“(ख) आधारभूत तहको साधारण शिक्षकको हकमा जुनसुकै विषयमा कक्षा १२ वा प्रवीणता प्रमाण पत्र सरह तथा..”

कक्षा १ देखि ५ सम्म अध्यापन गर्ने शिक्षकको स्नातक योग्यता तोक्दा शिक्षकको अभाव हुन सक्ने भएकाले ।

२४

५० (१) (घ) (४)

(४) “माध्यमिक तह द्वितीय श्रेणी”

(४) “माध्यमिक तह द्वितीय श्रेणी” मा “द्वितीय श्रेणी” को अगाडि “प्रथम श्रेणी” थप्ने ।

प्रथम श्रेणीमा पनि खुला प्रतियोगिता राख्नु पर्ने भएकाले ।

२५

६१ (३)

(ख) कार्यसम्पादन (विद्यार्थी सिकाइ उपलब्धि मूल्याङ्कन) –चालिस अङ्क

(ख) कार्यसम्पादन (विद्यार्थी सिकाइ उपलब्धि मूल्याङ्कन) –तिस अङ्क र (ङ) थप गर्नेः (ङ) विद्यार्थी सिकाइ उपलब्धि मूल्याङ्क –दश अङ्क

कार्यसम्पादन र विद्यार्थी सिकाइ उपलब्धि मूल्याङ्कनलाई फरक फरक अङ्क दिनुपर्ने भएकाले ।

२६

६३ (२)

(२) उपदफा (१) बमोजिम बढुवाका लागि उम्मेदवार हुन बढुवा हुने श्रेणी तथा तहका लागि तोकिएबमोजिमको विषयमा न्यूनतम् शैक्षिक योग्यता हासिल गरेको हुनु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम बढुवाका लागि उम्मेदवार हुन बढुवा हुने तह तथा श्रेणीका लागि तोकिएबमोजिमको विषयमा न्यूनतम् शैक्षिक योग्यता हासिल गरेको हुनु पर्नेछ ।

तह र श्रेणीको क्रम मिलाउनुपर्ने भएकाले ।

२७

६५ (१)

(१) ... त्यसरी बढुवा रोक्का वा तलब वृद्धि रोक्का फुकुवा भएको वा नसिहत पाएको अवधि समाप्त भएको भोलिपल्टको मितिबाट ज्येष्ठता कायम हुने गरी बढुवा नियुक्ति दिनु पर्नेछ ।

(१) .... त्यसरी बढुवा रोक्का वा तलब वृद्धि रोक्का वा नसिहत पाएको अवधि समाप्त भएको भोलिपल्टको मितिबाट ज्येष्ठता कायम हुने गरी बढुवा नियुक्ति दिनु पर्नेछ ।

“फुकुवा भएको” शब्द नमिलेकाले झिक्नुपरेकाले ।

२८

६५ (२)

(२) निलम्बन भई बढुवा नियुक्ति रोक्का भएको शिक्षकले लागेको आरोपबाट सफाइ पाएमा वा निलम्बन फुकुवा भएमा निजको बढुवा नियुक्ति रोक्का नभए सरह बढुवा भएको पदको ज्येष्ठता कायम गरिनेछ ।

(२) निलम्बन भई बढुवा नियुक्ति वा तलब वृद्धि रोक्का भएको शिक्षकले लागेको आरोपबाट सफाइ पाएमा वा निलम्बन फुकुवा भएमा निजको बढुवा नियुक्ति रोक्का नभए सरह बढुवा भएको पदको ज्येष्ठता कायम गरिनेछ ।

“तलब वृद्धि” शब्द थप्नुपर्ने भएकाले ।

२९

८४

शिक्षकले देहायको कुनै काम गरेमा सुपरिवेक्षक वा सम्बन्धित स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतले कारण खोली चेतावनी दिन सक्नेछ र सोको अभिलेख सम्बन्धित शिक्षकको व्यक्तिगत विवरण रहेको फाइलमा राख्नेछ ।

देहायको कुनै काम गरेमा शिक्षकको हकमा प्रधानाध्यापक र प्रधानाध्यापकको हकमा विद्यालय व्यवस्थापन समितिले कारण खोली चेतावनी दिन सक्नेछ र सोको अभिलेख सम्बन्धित शिक्षकको व्यक्तिगत विवरण रहेको फाइलमा राख्नेछ । यस्तो अभिलेख सम्बन्धित स्थानीय तहको शिक्षा शाखामा अभिलेख राख्नका लागि एक प्रति पठाउनुपर्ने छ ।

सजाय सम्बन्धी काम प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिमा राख्नुपर्ने भएकाले ।

३०

९७

“नेपाल सरकारद्वारा गठित मेडिकल बोर्डले सिफारिस गरेमा”

“नेपाल सरकारद्वारा गठित मेडिकल बोर्डले सिफारिस गरेमा” शब्दहरुपछि “र शिक्षा सम्बन्धी मन्त्रालयको अध्यक्षतामा मन्त्रालयको विद्यालय व्यवस्थापन महाशाखा प्रमुख, शिक्षा विभागको महानिर्देशक, स्वास्थ्य सम्बन्धी मन्त्रालयको एघारौं तहको चिकित्सक कर्मचारी र शिक्षक महासङ्घको प्रतिनिधि रहेको छानबिन समितिले सिफारिस गरेमा” थप्ने ।

निवृत्तभरण प्रयोजनका लागि पाँच वर्षसम्म सेवा अवधि थप गर्नुपर्दा राज्यलाई दीर्घकालसम्म व्ययभार पर्ने र सोको विस्तृत अध्ययन गर्नुपर्ने भएकाले ।

३१

१०२ (१)

“.. त्यस्तो शिक्षकको सेवा अवधि बिस वर्षभन्दा कम रहेछ भने बाँकी अवधि थप गरी ..”

“.. त्यस्तो शिक्षकको सेवा अवधि बिस वर्षभन्दा कम रहेछ भने सात वर्षसम्म सेवा अवधि थप गर्दा निवृतभरण पाउने रहेछ भने ..” थप गर्ने ।

कति वर्ष थप गर्ने भन्ने स्पष्ट नभएको र निजामती सेवामा सात वर्ष थप्न सकिने व्यवस्था भएकाले ।

३२

१०८ (२)

(२) आयोगबाट सिफारिस भएका विद्यालय कर्मचारीको नियुकित स्थानीय तहले गर्नेछ ।

उपदफा (२) हटाउने ।

विद्यालय तहको कर्मचारीको छनोट, नियुक्ति र पदस्थापन स्थानीय तहमा नै दिनुपर्ने भएकाले ।

३३

११० (घ)

 

(ग) पछि (घ) थप्नेः

(घ) दफा १०९ मा उल्लेख भए बाहेकका विद्यालय कर्मचारीको छनोट, नियुक्ति, पदस्थापन लगायतका सम्पूर्ण कार्य स्थानीय तहले गर्ने सम्बन्धी विषय ।

विद्यालय तहको कर्मचारीको छनोट, नियुक्ति र पदस्थापन स्थानीय तहमा नै दिनुपर्ने भएकाले ।

३४               

११७ (च)      (च)

विद्यालय कर्मचारीको स्वीकृत स्थायी दरवन्दीको रिक्त पदमा खुला तथा आन्तरिक प्रतियोगिताको माध्यमबाट पूर्ति हुने उपयुक्त उम्मेदवारको छनोट गरी नियुक्तिका लागि सिफारिस गर्ने ।

हटाउने ।

विद्यालय तहको कर्मचारीको छनोट, नियुक्ति र पदस्थापन स्थानीय तहमा नै दिनुपर्ने भएकाले ।

३५

१४२ (२)

(२) “... कसुरको मात्रा हेरी एक लाख रुपैयाँसम्म जरिवाना..”

(२) “... कसुरको मात्रा हेरी तीन लाख रुपैयाँसम्म जरिवाना..”

परीक्षाको मर्यादा विपरीत काम गर्नेलाई एक लाख रुपैयाँ जरिवाना थोरै भएकाले ।

३६

१४२ (९)

(९) (ङ) विद्यालयलाई प्रदान गरिएको अनुमति रद्द गर्ने ।

(९) (ङ) विद्यालयलाई प्रदान गरिएको अनुमति÷स्वीकृति रद्द गर्ने ।

विद्यालयलाई कतै अनुमति दिइएको र कतै स्वीकृति दिइएकाले ।

 

ध्यानाकर्षणः

निम्न बुँदा सम्बोधन गर्न जरुरी छः

१. अध्यापन अनुमतिपत्र खारेज गर्ने र मिल्दो विषयमा अध्ययन गरेका उम्मेदवारहरूबिच सघन परीक्षा सञ्चालन गरी छनोट गर्ने, शिक्षक नियुक्ति भएपछि पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षक विधि, शिक्षण सामग्री, शैक्षिक योजना, शैक्षणिक योजना, परीक्षा, मूल्याङ्कन, बाल मनोविज्ञान, सिकाइका सिद्धान्त आदिको सघन तालिम दिने ।

२. अध्यापन अनुमति पत्र लागू गर्नै पर्ने भएमा अध्यापन अनुमति पत्र दिने र छनोट तथा सिफारिस गर्न आयोग सञ्चालन गर्ने निकाय एउटै हुनु नहुने । यसका लागि शिक्षक परिषद् (टिचर काउन्सिल) को व्यवस्था ऐनमा नै गर्नुपर्ने । नेपाल मेडिकल काउन्सिलले लाइसेन्सको परीक्षा लिन्छ, वितरण गर्छ तर छनोट तथा सिफारिस गर्न आयोग सञ्चालन गर्दैन । नेपाल नर्सिङ काउन्सिलले लाइसेन्सको परीक्षा लिन्छ, लाइसेन्स वितरण गर्छ तर छनोट तथा सिफारिस गर्न आयोग सञ्चालन गर्दैन । नेपाल कानुन व्यवसायी परिषद् (बार काउन्सिल) ले लाइसेन्सको परीक्षा लिन्छ, लाइसेन्स वितरण गर्छ तर छनोट तथा सिफारिस गर्न आयोग सञ्चालन गर्दैन । यस्तै, शिक्षक सेवा आयोगले छनोट तथा सिफारिस गर्न आयोग सञ्चालन गर्ने भएकाले लाइसेन्सको परीक्षा सञ्चालन गर्ने र वितरण गर्ने कार्य सैद्धान्तिक रूपमा नै मिल्दैन ।

३. शिक्षकको मर्यादा र तलबमान समान किसिमको निजामती सेवाभन्दा माथि बनाउने व्यवस्था गर्ने जसले गर्दा ग्राजुयटहरू शिक्षक बन्न आकर्षित हुन सकून ।

४. शिक्षकलाई अन्य निजामती सेवा झै समान ग्रेड, सन्तानका लागि छात्रवृत्तिको व्यवस्था, शिक्षक अस्पताल, बिमा, समान तलबमान (निम्नमाध्यमिक शिक्षक प्रथम श्रेणी र निजामती सेवाका अधिकृत द्वितीय श्रेणी र प्राथमिक शिक्षक प्रथम श्रेणीको अधिकृत तृतीय श्रेणी सरहको तलबमान समान छैन) मिलाउने ।

५. विश्वविद्यालयका प्रथम (प्रथम श्रेणीमा प्रथम वा जिपिएमा प्रथम) लाई स्वतः स्थायी पदमा प्रक्रिया पु¥याएर नियुक्ति गर्ने ।

६. शिक्षकको पदसोपान श्रेणीगत गर्नेः चौथोदेखि बाह्रौँसम्म ।

७. शिक्षक पेसामा छड्के प्रवेशको पनि व्यवस्था गर्ने ।

८. उच्च अध्ययनका लागि अध्ययन बिदाको व्यवस्था गर्ने ।

९. विद्यार्थी सङ्ख्या घटेकाले ठूला विद्यालयको अवधारणा ल्याई विद्यालय गाभ्ने ।

विद्यालय शिक्षा पद्धतिमा शिक्षक व्यवस्थापनका लागि सुझाव

छनोट र नियुक्ति

१. नेपालको संविधान (२०७२) कार्यान्वयन भइसकेको अवस्थामा सङ्घीय शासन पद्धतिमा एकात्मक शासनका समयका कानुनी व्यवस्था र संरचनाबाट शिक्षक व्यवस्थापन गर्न नमिल्ने भएकाले सङ्घीय शासन       पद्धतिअनुसारका कानुन तथा संरचना निर्माण गरी स्थानीय तहबाट नै शिक्षक व्यवस्थापनको कार्य थालनी गर्ने ।

२. विद्यालयमा आधारित शिक्षक व्यवस्थापन पद्धति विकास गर्ने ।

३. शिक्षा ऐन, शिक्षा नियमावली तथा शिक्षक सेवा आयोगको नियमावलीमा नै व्यवस्था गरी सम्बन्धित विषयमा तोकिएका योग्यता पुगेका उम्मेदवारलाई प्रतिस्पर्धात्मक परीक्षामा उत्तीर्ण भएका आधारमा नियुक्ति गर्ने । तोकिएको विषयमा तोकिएको योग्यता पुगेका सबैलाई प्रतिस्पर्धाका लागि खुला गर्ने ।

४. नयाँ संरचनाअनुसार स्थायी शिक्षक नियुक्ति गर्दा शिक्षकलाई राष्ट्रिय क्याडरका रूपमा नभै स्थानीय तहको  क्याडरका रूपमा विकास गर्दै लैजाने ।

५. स्थायी शिक्षकको छनोटको कार्य शिक्षक सेवा आयोगले गर्ने भएकाले अस्थायी, राहत अनुदान, निजी शिक्षकको सम्पूर्ण व्यवस्थापन विद्यालय तहबाटै गर्ने पद्धति विकास गर्ने  ।

६. प्रारम्भिक बाल शिक्षालाई विद्यालय शिक्षाको संरचनाभित्र आधारभूत शिक्षाको परिभाषाले नै ल्याएकाले  एसएलसी वा सो सरहको योग्यता भएका उम्मेदवारबाट खुला प्रतिस्पर्धामार्फत् चौथो तहमा नियुक्ति गर्ने  ।

पदस्थापन

७. शिक्षक सेवा आयोगबाट स्थायी नियुक्तिका लागि सिफारिस भई आएपछि पदस्थापनको काम स्थानीय तहले गर्ने ।

पेसागत विकास

८. शिक्षक सेवा आयोगबाट स्थायी नियुक्तिका लागि सिफारिस भएका शिक्षकलाई नियुक्तिपश्चात् बाह्र महिनाको सघन तालिमको व्यवस्था गर्ने (अनुसूची–१) ।

९. प्रत्येक शिक्षकलाई हरेक वर्ष कम्तीमा दश दिनको विद्यालयमा आधारित पुनर्ताजगी तालिमको व्यवस्था गर्ने, यस्तो तालिमलाई शिक्षकको वृत्ति विकाससँग आबद्ध गर्ने ।

१०. शिक्षकको पेसागत विकास तालिममा उद्यमशील शिक्षा र जीवनोपयोगी सिपलाई समावेश गर्ने ।

बढुवा

११. हालको शिक्षकको बढुवाको श्रेणीगत पद्धतिलाई परिवर्तन गरी तहगत पद्धतिमा लैजाने । आधारभूत तह पाँचौदेखि आठौं तहसम्मको स्तर राख्ने र माध्यमिक तह नवौंदेखि एघारौँ तहसम्मको राख्ने (अनुसूची २ र ३) ।

१२. आधारभूत तहको कक्षा १–५ मा अध्यापन गराउन प्रवीणता प्रमाण पत्र तह वा सो सरह शैक्षिक योग्यता तोकिएकालाई पाँचौँ तहमा सुरु नियुक्ति गर्ने र कक्षा ६–८ मा अध्यापन गराउने स्नातक तहको शैक्षिक       योग्यता तोकिएकालाई छैटौँ तहमा सुरु नियुक्ति गर्ने । बढुवा आठौँ तहसम्म हुन सक्ने व्यवस्था गर्ने ।

१३. माध्यमिक शिक्षकको सुरु नियुक्ति नवौँ तहमा गर्ने, बढुवा एघारौँ तहसम्म हुन सक्ने व्यवस्था गर्ने ।

१४. आधारभूत तह कक्षा (१–५) को छैटौँ तह, आधारभूत तह कक्षा (६–८) को सातौँ तह र माध्यमिक तहको दसौँ तहमा छड्के प्रवेश गर्न मिल्ने अवस्था राख्ने, यस्तो छड्के प्रवेश गर्नेका लागि सम्बन्धित तहको सेवा प्रवेशको न्यूनतम् योग्यताभन्दा एक तह माथिको योग्यता हुनुपर्ने व्यवस्था गर्ने ।

सरुवा

१५. प्रत्येक शिक्षकलाई कम्तीमा पाँच वर्षमा स्थानीय तह भित्रका एक विद्यालयबाट अर्को विद्यालयमा सरुवा हुने व्यवस्था गर्ने । यस्तो सरुवा व्यवस्थालाई अनुमानयोग्य बनाउने  ।

१६. विगतमा स्थायी भएका शिक्षकहरूका हकमा स्थानीय तहभित्रका शिक्षकको सरुवा सम्बन्धित स्थानीय तहले  गर्ने, एउटै जिल्लाभित्रको एक स्थानीय तहको शिक्षकलाई अर्को स्थानीय तहमा जिल्लाको शिक्षा हेर्ने निकायले सरुवा गर्ने, एक प्रदेशभित्रका एक जिल्लाको शिक्षकलाई अर्को जिल्लामा सरुवा गर्दा प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले गर्ने, एक प्रदेशको शिक्षकलाई अर्को प्रदेशमा सरुवा गर्दा सङ्घीय सरकारको शिक्षा हेर्ने मन्त्रालयको विभागस्तरको निकायले गर्ने । यसरी सरुवा गर्दा सम्बन्धित स्थानीय तह र प्रदेशको सिफारिस हुनुपर्ने व्यवस्थालाई अनिवार्य गर्ने ।

१७. सामान्यतया शिक्षकलाई सम्बन्धित स्थानीय तहमा मात्रै सरुवा हुने प्रावधान बनाउने ।

सजाय

१८. शिक्षकलाई सजाय गर्ने प्रारम्भिक जिम्मेवारी सम्बन्धित विद्यालयलाई नै दिने । शिक्षकलाई सामान्य सजाय  प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिले नै गर्ने । भविष्यका लागि अयोग्य ठहरिने र नठहरिने गरी गरिने सजाय सम्बन्धित स्थानीय तहले नै टुङ्ग्याउने ।

१९. विद्यार्थीको सिकाइ उपलब्धिलाई शिक्षकको सजायसँग आबद्ध गर्ने ।

अवकाश

२०. शिक्षकलाई अवकाशको प्रक्रिया स्थानीय तहबाटै टुङ्ग्याउने । अवकाशसम्बन्धी विद्यमान कानुनी प्रक्रिया छोटो बनाउने ।

२१. राजनीतिक दलको साधारण सदस्य भएमा स्वतः भविष्यका लागि अयोग्य नठहरिने गरी अवकाश हुने कानुनी  व्यवस्था बनाएर कार्यान्वयन गर्ने ।

अनसूची–१

शिक्षकको पेसागत विकासको नमुना ढाँचा (१२ महिना)

क्र.सं.

महिना

तालिमको विषयवस्तु

फियत

पहिलो र दोस्रो

शारीरिक अभ्यास, खेलकुद, गीत, सङ्गीत, वाद्यवादन, सांस्कृतिक कार्यक्रम, अतिरिक्त कार्यकलाप, योग, प्राकृतिक विपत्मा उद्धार, स्काउट जस्ता विषयको सैद्धान्तिक र प्रयोगात्मक अभ्यास गराउने

 

 

 

 

 

 

 

तालिम आवासीय हुने, बिहान र बेलुकी पनि शारीरिक व्यायाम, सङ्गीत, खेलकुद, फूलबारी जस्ता कार्यक्रम सञ्चालन गर्ने ।

तेस्रो, चौथो र पाँचौँ

दर्शन, शिक्षाको आधार, शिक्षाको मनोविज्ञान, पाठ्यव्रmम, परीक्षा र मूल्याङ्कन, शैक्षणिक योजना, शिक्षण सामग्री, शिक्षण विधि, सूचना तथा सञ्चार प्रविधि, विषयगत शिक्षण तरिका, उपचारात्मक शिक्षण, उद्यमशील शिक्षा, जीवनोपयोगी सिप जस्ता विषयको सैद्धान्तिक र प्रयोगात्मक अभ्यास गराउने

छैटौँ

उत्कृष्ठ विद्यालयको अवलोकन भ्रमण, परियोजना कार्य, कार्यमूलक अनुसन्धान, मामिला अध्ययन, अध्ययन अनुसन्धान गर्ने, सोको प्रतिवेदन तयारी र प्रस्तुतीकरण जस्ता विषयको सैद्धान्तिक र प्रयोगात्मक अभ्यास गराउने

सातौँ, आठौँ र नवौँ

विभिन्न विद्यालयमा इन्टर्नसिपमा पठाउने, अध्यापन अभ्यास गर्न लगाउने, प्रध्यानाध्यापकको निगरानी र सुपरिवेक्षकको सुपरिवेक्षणमा अभ्यास गराउने

दसौँ

शिक्षाका अन्तरसम्बन्धित विषयहरू (बाल अधिकार, बाल मैत्री सिकाइ, दण्डरहित सिकाइ, लैङ्गिक समता र समानता, समावेशीकरण, सकारात्मक विभेद, बहुभाषिक शिक्षा, विशेष आवश्यकता भएका बालबाालिकाको सिकाइ, अपाङ्गता, साङ्केतिक भाषा, विद्यालयमा अनुशासन र आचरण) को सैद्धान्तिक र प्रयोगात्मक अभ्यास गराउने

एघारौँ

विद्यालय शिक्षासम्बन्धमा शोध प्रबन्ध लेख्न लगाउने

बाह्रौँ

पहिलो दुई हप्ताः इन्टर्नसिप जाँदाको प्रतिवेदनको विद्यालयका शिक्षक, स्थानीय तहका जनप्रतिनिधि, शिक्षासँग सम्बन्धित महानुभावसहितको भेला आयोजना गरी सार्वजनिक गरी अन्तरव्रिmया गर्ने, एघार महिनासम्म सिकेका अनुभव आदानप्रदान गर्ने, प्रदर्शनी गर्ने, प्रवचन दिने, शोध प्रबन्धको प्रस्तुति गर्ने

पछिल्लो दुई हप्ताः सिकाइको मूल्याङ्कन र विस्तृत परीक्षा सञ्चालन गर्ने

अनुसूची–२

हाल कार्यरत शिक्षकको वृत्ति विकासको नमुनाः तहगत समायोजन

तह

शिक्षकको तह

शैक्षिक योग्यता

श्रेणी र तहको समायोजन

कैफियत

हालको श्रेणी

समायोजित तह

आधारभूत

आधारभूत तह (१–५)

एसएलसी वा सो सरह

तृतीय

  • यो समायोजन एकपटकका लागि मात्र लागू हुने ।
  • माध्यमिक तह (९–१२) को स्वीकृत दरबन्दी नभए पनि कार्यरतका आधारमा मिलान गर्ने ।

द्वितीय

प्रथम

प्रवीणता प्रमाण पत्र तह वा सो सरह

तृतीय

द्वितीय

प्रथम

आधारभूत तह (६–८)

प्रवीणता प्रमाण पत्र तह वा सो सरह

तृतीय

द्वितीय

प्रथम

स्नातक वा सो सरह

तृतीय

द्वितीय

प्रथम

माध्यमिक

 

माध्यमिक तह (९–१०)

 

 

स्नातक वा सो सरह

तृतीय

द्वितीय

प्रथम

१०

स्नातकोत्तर वा सो सरह

तृतीय

द्वितीय

१०

प्रथम

११

माध्यमिक तह (९–१२)

स्नातकोत्तर वा सो सरह

तृतीय

द्वितीय

१०

प्रथम

११

अनुसूची–३

विद्यालय तहका शिक्षकको वृत्ति विकासको नमुना

तह

शिक्षकको तह

शैक्षिक योग्यता

तह

कैफियत

प्रारम्भिक बाल शिक्षा

प्रारम्भिक बाल शिक्षा

एसएलसी वा सो सरह

खुला प्रतिस्पर्धाबाट

आधारभूत

आधारभूत तह (१–५)

प्रवीणता प्रमाण पत्र तह वा सो सरह

  • सुरु नियुक्ति खुला प्रतिस्पर्धाबाट आधारभूत तह (कक्षा १–५) श्रेणी ५, आधारभूत तह (कक्षा ६–८) मा श्रेणी ६ र माध्यमिक तह (कक्षा ९–१२) श्रेणी ९ मा गर्ने ।
  •  
  • आधारभूत तह (कक्षा १–५) र आधारभूत तह (कक्षा ६–८) का क्रमशः तह ६ र ८ मा खुला प्रतिस्पर्धा गर्नका लागि तोकिएको न्यूनतम योग्यताभन्दा एक तह माथिको योग्यता हुनुपर्ने ।

आधारभूत तह (६–८)

स्नातक वा सो सरह

माध्यमिक

माध्यमिक तह (९–१२)

स्नातकोत्तर वा सो सरह

१०

११

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

द्रष्टब्यः माध्यमिक शिक्षकलाई विशिष्ट राख्ने हो भने बाह्रौँ तह तोक्ने र यसलाई माध्यमिक तह पहिलो श्रेणीमा कम्तीमा ५ वर्ष सेवा अवधि पूरा भएका शिक्षकमध्ये कार्यसम्पादनका आधारमा बढुवा गर्न सकिने ।

Thuprai - Books and E-books