A Levels MA

‘शैक्षिक प्रणाली सुधारमा सबैको भूमिका जरुरी’: प्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङ

विराटनगर, २२ मङ््सिर (रासस) : प्रदेश नं १ का प्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङले शैक्षिक प्रणाली सुधारमा सबैको भूमिका जरुरी रहेको बताउनुभएको छ । 

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपाल मोरङको १४औँ अधिवेशन आज उद्घाटनको अवसरमा प्रदेश प्रमुख तुम्बाहाङले सबैको समान भूमिकाले मात्रै शैक्षिक प्रणालीमा सुधार आउने बताउनुभएको हो । 

प्रदेश प्रमुख तुम्बाहाङले सबैलाई समान शिक्षा र समान अवसरका लागि नीतिगत सुधारको जरुरी रहेको बताउँदै एउटै शिक्षा नीतिभित्र सञ्चालित दुईखाले विद्यालयको अवधारणाले देशको जनशक्तिलाई विभाजन गर्न नहुने विचार व्यक्त गर्नुभयो । उहाँले समान शिक्षा र समान अवसरका लागि आवश्यक पर्ने नीतिगत सुधारमा निजी क्षेत्रमा क्रियाशील शैक्षिक तथा प्राज्ञिक पक्षको समेत भूमिका हुनुपर्ने बताउनुभयो । 

प्याब्सनका केन्द्रीय अध्यक्ष विजय सम्बाहाम्फेले निजी लगानीमा सञ्चालित शैक्षिक संस्थाको महत्व राज्यले बुझ्न नसक्दा जटिलता आएको बताउनुभयो । 

Thuprai - Books and E-books