After SEE Portal

सदाबहार व्यवस्थापन, बैंक, कर्पोरेट हाउस र संघसंस्थानमा रोजगारीको अवसर

Bridge Course

उच्च शिक्षाअन्तर्गत मानविकी र शिक्षाशास्त्र संकायका केही पुराना विषयहरू धराशायी हुँदै गइरहेका छन् । कतिपय विषयमा त विद्यार्थी भेट्टाउन न नसक्ने अवस्था आइसकेको छ । तर व्यवस्थापन संकायका विषयमा भने विद्यार्थीको आकर्षण र माग निरन्तर बढ्दै गइरहेको छ ।

कुनै पनि कार्यालय वा संस्थाहरू कुशल व्यवस्थापक विना चलाउन संभव छैन । त्यही भएर पनि व्यवस्थापनको माग बढ्दो छ । व्यवस्थापन एउटा यस्तो विषय हो जो जुनसुकै स्थानमा पनि काम लाग्न सक्छ । कक्षा ११ देखि नै व्यवस्थापन पढन् सकिन्छ । व्यवस्थापन पढेका जनशक्तिले बैंक, कर्पोरेट हाउस र संघसंस्थानलगायतमा सम्मानित रोजगारी पाउने गरेका छन् । व्यवस्थापनका जुनसुकै विषय पढेका विद्यार्थीले रोजगारीका लागि गल्लीगल्ली भौतारिनु पर्ने अवस्था नभएका कारण जुनसुकै कलेजमा पनि यो समूहका विषयमा विद्यार्थीको आकर्षण धेरै भएको त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका सहायक डीन नवराज अधिकारी बताउँछन् । ‘पढेर विद्यार्थीले जागरिको लागि भौतारिनु पर्ने अवस्था आउँदैन यसको स्कोप वृहत छ ।’ उनी भन्छन्, ‘यसका लागि विद्यार्थीमा मेहनत गर्ने बानी र पढाइमा लगनशील हुनुपर्यो ।’

बैंक, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, प्रशासकलगायत क्षेत्रमा उत्कृष्ट अवसर पाउने भएपछि विद्यार्थीले व्यवस्थापन विषय पढ्न थालेका छन् । सैद्धान्तिक र व्यावहारिक दुवै विषय पढाइ हुने भएको कारण बजारमा बिक्न सक्ने जनशक्ति उत्पादन गर्छ । त्यसैले पनि यसको आकर्षण बढ्दो छ ।

कक्षा ११ र १२ देखि नै विद्यालयहरूले व्यवस्थापन विषय अध्यापन गराउने गरेका छन् । व्यवस्थापन अन्तर्गत अर्थशास्त्र, एकाउन्टेन्सी, होटल म्यानेजमेन्ट, कम्प्युटर गणित, फाइनान्स, कोअपरेटिभ म्यानेजमेन्ट, ग्रामीण विकासबिजिनेस म्यानेजमेन्ट समावेश गरी त्रिविले पाठ्यक्रम तयार गरेको छ । त्रिविमा मात्र होइन अन्य विश्वविद्यालयले सञ्चालन गरेका व्यवस्थापन संकायका विषयमा विद्यार्थीको आकर्षण राम्रो देखिएको सहायक डीन अधिकारी बताउँछन् ।

‘व्यवस्थापन विषय पढ्न चिकित्सा वा इन्जिनियरिगङ जस्तो खर्च लाग्दैन । पढाइसक्ने वित्तिकै रोजगारीका अवसर पाइन्छ ।’ नेपाल कमर्स क्याम्पस एमबीएस विषयका कोर्डिनेटर चूडामणि पाण्डे भन्छन्, ‘कतिपयले त इन्जिनियरिगङ र कानुन पढेरसमेत हाम्रोमा एमबीए पढ्न आएका छन् । व्यवस्थापन अहिलेका युवाहरू र खासमा छात्राहरूको प्राथमिकतामा परिरहको छ ।’

कक्षा ११ र १२ देखि नै व्यवस्थापन पढेका विद्यार्थीको काम गर्ने क्षमता राम्रो हुन्छ । उनी थप्छन्, बेसिकदेखि पढेपछि अरु कसैलाई सोध्नु पर्दैन । त्यही भएर एसईईपछि कक्षा ११ र १२ मा व्यवस्थापन राम्रो विकल्प हुन सक्छ ।

त्रिविअन्तर्गतका सबै क्याम्पसहरूमा अन्य संकायको तुलनमा व्यवस्थापनमा मात्रै ५० प्रतिशत विद्यार्थी रहेका छन् भने बाँकी अन्य संकायहरूमा ती ५० प्रतिशतमध्ये बाडिएका छन् । यसरी व्यवस्थापन विषय प्रतिको आर्कषण बढ्नुको कारण ती युवाहरूले बजार हेरिरहेका छन् । व्यवस्थापन पढ्न सी ग्रेड ल्याउनेले पाउँछन् । डी ग्रेड ल्याउनेले भने पाउँदैन ।

व्यवस्थापनमा छात्राको मोह

कमर्स क्याम्पसमा प्रत्येक कक्षामा ६० प्रतिशत छात्रा छन् । व्यवस्थापनमा छात्राको रुचि अत्याधिक छ । कक्षा ११ र १२ मा पनि व्यवथापन पढ्न ६० प्रतिशत नै महिलाहरूको संख्या छ । सो क्याम्पसमा बीबीएमा छात्रहरूको संख्या ३० प्रतिशत रहेको र छात्राहरूको संख्या ७० प्रतिशत रहेको छ ।

सो कलेजमा अहिले स्नातक र स्नातकोत्तर तह संचालनमा छ । भने अहिले करिब ७ हजार ३१९ जना विद्यार्थी अध्ययनरत छन् । यी मध्ये ६० प्रतिशत छात्रा छन् ।

माग अनुरुपको नयाँ विषय

बीबीए फाइनान्स विषयको पढाइ हुन थाले पनि विद्यार्थीको आकर्षण झनै बढ्दै गएको छ । कलेजले सेल्फसस्टेनेनबल प्रोग्रामअन्तर्गत पछिल्लो पटक बीबीएम, बीआइएम, बीबीएलागतयका विषयहरू थपेको छ । त्यस्तै स्नातकोत्तरतहमा एमबीएसएमबीएमको पठनपाठन हुने गरेको छ ।

विद्यार्थीको रुचि, बजारको मागअनुार नयाँ विषय थप्दै लगकोले पनि व्यवस्थापनको माग सदाबहार रहेको हो । व्यवस्थापनमा जुन नयाँ विषय ल्याएपनि विद्यार्थी संख्या भरिभराउ हुन्छ ।

व्यवस्थापन पढाउने निजी क्याम्पसहरूमा समेत विद्यार्थीका अभाव छैन । कसर्म क्याम्पसमा एमबीएम २ लाख ९८ हजार, बीबीए, बीआइएम चाहीँ वार्षिक १ लाख लाग्छ । यो कोर्ष चार वर्षको हुन्छ । एमबीएसका लागि ६५ हजारमा (स्कलरसिप) रहेको छ ।

A Levels MA
Thuprai - Books and E-books