After SEE Portal

मेडिकल काउन्सिलको प्रमाणपत्र आधा चिकित्सकले पनि पाउन सकेनन्

Bridge Course

नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा मेडिकल तर्फ ५०.५८ प्रतिशत र डेण्टल तर्फ ४०.९७ प्रतिशत परीक्षार्थी मात्र उत्तीर्ण भएका छन् ।  

काउन्सिलले गत पुस २२ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको सो परीक्षामा मेडिकल तर्फ १ हजार ७२२ र डेण्टल तर्फ ४३२ परीक्षार्थी सहभागी भएका थिए । सो परीक्षामा मेडिकल तर्फ ८७१ र डेण्टल तर्फ १७७ जना परीक्षार्थीले मात्र निर्धारित परीक्षा उत्तीर्ण गरेको काउन्सिलले जानकारी दियो ।

काउन्सिलका अनुसार मेडिकल तर्फ १ हजार ७३४ जनाले आवेदन दिएका थिए भने १२ जना अनुपस्थित रहेका र बीडीएसतर्फ ४३५ जनाले आवेदन दिएकोमा ३ जना अनुपस्थित भएका थिए ।

परीक्षाको नतिजा चित्त नबुझेमा परीक्षार्थीले ३५ दिनभित्र पुनर्योगका लागि आवेदन दिन सकिने छ । पुनर्योगका लागि एक हजार ५ सय दस्तुर बुझाइ परीक्षार्थीको नाम, रोल नम्बर स्पष्ट लेखी काउन्सिलको इमेलमा आवेदन दिनु पर्ने सूचनामा उल्लेख गरिएको छ ।

परीक्षा उत्तिर्ण भएका र एक वर्षको इन्टर्नसीप समेत पूरा गरेकाहरुले यो सूचना प्रकाशित भएको मितिले पैंतीस दिन भित्र काउन्सिलको अस्थायी दर्ता प्रमाणपत्रका लागि अनलाइन आवेदन गर्नुपर्ने छ । आवेदन गरेको मितिले १५ कार्यदिन पछि प्रमाणपत्र तयार हुनेछ । ३५ दिन भित्र आवेदन नदिएका र इन्टर्नसीप पूरा नगरेकाहरुको हकमा प्रमाणपत्रमा आवेदन स्वीकृत भएको मिति उल्लेख हुनेछ।

A Levels MA
Thuprai - Books and E-books