After SEE Portal

खुला विश्वविद्यालय एक वर्ष बित्दा पनि डीन नियुक्त हुन सकेनन्

Bridge Course

नेपाल खुला विश्वविद्यालयका विभिन्न संकाय विगत एक वर्षदेखि डीन विहीन हुन पुगेका छन् । खुला विश्वविद्यालयमा २०७८ भदौदेखि रिक्त भएको विभिन्न संकायको डीन पदमा अहिले सम्म नियुक्ति हुन सकेको छैन ।  सो विश्वविद्यालयको समाजशास्त्र तथा शिक्षा संकाय, व्यवस्थापन तथा कानून संकाय विगत ११ महिनादेखि डीनविहीन छन् । त्यस्तै, २०७८ पुसदेखि खुला विशवविद्यालयको विज्ञान, स्वास्थ्य तथा प्रविधि संकाय डीनविहीन छ ।

लामो समयदेखि पदाधिकारी विहीन हुँदा विश्वविद्यालयका शैक्षिक कार्यक्रम प्रभावित भएको भए पनि अहिलेसम्म कार्यकारी परिषद्ले डीन नियुक्त गर्न नसक्दा विद्यार्थीको शैक्षिक वर्ष नै प्रभावित हुने खतरा बढ्दै गएको हो ।

विश्वविद्यालयका विषयगत समितिहरू पनि कार्यकाल सकिएर निष्क्रिय छन् । भने, उपकुलपति र रजिष्टारको

विश्वविद्यालयले वर्तमा उपकुलपति पनि पूर्व उपकुलपतिको कार्यकाल सकिएको  ९ महिना र रजिष्टार ८ महिना पछि मात्र नियुक्त गरिएको हो ।

नेपाल खुला विश्वविद्यालयका उपकुलपति प्राडा शिलु मानन्धर बज्राचार्य र रजिष्टार डा गोविन्द सिंह विष्ट

नेपाल खुला विश्वविद्यालय ऐन, २०७३ अनुसार कार्यकारी परिषद्ले डीन नियुक्त गर्नुपर्छ । तर, कार्यकारी परिषद् (उपकुलपति, रजिष्टार, सभाका महिला सदस्यहरूबाट एक जना, शिक्षकहरूमध्येबाट एक जना र उपकुलपतिले तोकेको डीन एक जना )  तर कार्यकारी परिषद्को बैठक हुन नसक्दा लामो समयदेखि विश्वविद्यालय पदाधिकारी विहीन हुन पुगेको हो ।

अन्य विश्वविद्यालयमा झैं दलीय भागबन्डाबाट पदाधिकारी नियुक्त  गर्ने परम्परा कायमै हुँदा विश्वविद्यालयको शैक्षिक तथा प्रशासनिक कार्य भताभुङ हुँदै गएको विद्यार्थीको गुनासो छ । विश्वविद्यालयमा प्राज्ञिक परिषद नभएको ६ महिना बितिसकेको विश्वविदालयले जानकारी दियो ।

A Levels MA
Thuprai - Books and E-books