A Levels MA

‘कैलाश सत्यार्थी चेयर’ स्थापना

मध्यपश्चिम विश्वविद्यालय (मपवि) ले  विश्व शान्ति नोवेल पुरस्कार विजेता कैलाश सत्यार्थीको नाममा ‘कैलाश सत्यार्थी चेयर’ स्थापना गर्ने निर्णय गरेको छ ।  

सत्यार्थीको सहमतिमा विश्वविद्यालयले उक्त छात्रवृत्ति कोष स्थापना गरेको हो ।

विश्वविद्यालयमा अध्ययनरत ग्र्याजुएट स्कुल अफ हुम्यानिटिज एण्ड सोसल साइन्सेज अन्तरगत बाल शोषण, सबैका लागि शिक्षा लगायत अन्य बाल अधिकार र न्यायका क्षेत्रमा वार्षिक रूपमा कम्तीमा एकजना विद्यार्थीलाई विद्यावारिधि अध्ययनका लागि उक्त कोष स्थापना गरिएको विश्वविद्यालयले जानकारी दियो । 

उक्त कार्यक्रमले भविष्यमा विश्वविद्यालयको संस्थागत विकासको कोशेढुङ्गाको रूपमा प्रवर्द्धन गर्दै अगाडी बढाईने उपकुलपति प्राडा। नन्द बहादुर सिंह बताए । 

Thuprai - Books and E-books