After SEE Portal

इसिडि शिक्षकलाई प्रावि शिक्षक सरह सेवा सुविधा दिइनु पर्ने

Bridge Course

विद्यालय कर्मचारी र बालबाविको दरबन्दी कायम सहित न्यूनतम प्राथमिक तहका शिक्षक सरह  सेवा सुविधा ऐनमा नै समावेश हुनुपर्ने स्थायी शिक्षक हकहित मञ्च केन्द्रीय संयोजक रमेशबाबु भट्टराईले बताएका छन् ।

आजको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले  विद्यालय शिक्षा विधेयकका सम्बन्धमा सञ्चालन गरेको छलफलमा सहभागी हुने क्रममा यस्तो प्रस्ताव राख्ने बताएका हुन् ।

उनले शैक्षिक योग्यता र उमेर हद शिक्षा ऎन २०२८ बमोजिम हुनु पर्ने, विद्यालय समयमा दुर्घटनामा परेका विद्यार्थीका लागि विद्यार्थी कल्याणकारी कोष स्थापना गरिनु पर्ने सुझाव पेस गर्ने बताए ।

उनले छलफलमा अभिभावक शिक्षा राज्यको दायित्व भएको बताए । शिक्षा ऎन २०२८ मा टेकेर नियुक्त भएका शिक्षकलाइ सोही बमोजिम पेन्सन व्यवस्थापन हुनु पर्ने, अस्थायी सेवा अवधि गणना गरिनु पर्ने र तहगत बढुवा  लगायतका विषयमा संशोधन पेसपेस गर्ने बताए ।

A Levels MA